Aamsanchar

कृषि, महिला उद्यम सहुलियत कर्जा र बैंक हरुको वर्तमान अवस्थाको बारेमा कनकाई नगरपालिकामा छलफल

Author Image
मङ्गलवार, चैत ७, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका बैंकहरूको वर्तमान अवस्था, कृषि क्षेत्र र महिला उद्यमीहरुका लागि सहुलियत कर्ता कसरी भइरहेको छ भन्ने बारेमा बैंकका शाखा प्रबन्धकहरू सँग नगरपालिकाले छलफल मार्फत चसो राखेको छ ।

नगरको कृषि विकास शाखाको संयोजनमामा आयोजित छलफलमा कनकाई नगरको तर्फबाट कृषक, महिला उद्यमीलाई सहुलियत कर्जा कति प्रतिशत उपलब्ध गराइएको छ रु कर्जा लगानी र कर्जाको असुली को अवस्था कस्तो रहेको छ रु बैंकहरूको सामाजिक उत्तरदायित्व अन्तर कनकाईमा सहयोग के कस्तो रहेको छ रु भन्ने लगायतका विषयहरू छलफलमा उठान भएको थियो ।

कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा आज सोमबार नगरपालिकाको सभाहलमा आयोजित छलफलमा बैंकका प्रबन्धक तथा प्रतिनिधिहरुले सबैभन्दा धेरै कृषि कर्जा जोखिममा रहेकोले बैंकहरूले कृषि क्षेत्रमा अपेक्षित ऋण लगानी गर्न नसकेको दुःखेसो पोखेका थिए ।

प्रमुख गरेर कृषि योजना सानो र ऋणको माग ठुलो हुनेगरेकोले नीतिगत ऋण लगानी गर्न नसकिएको, लगानी भएको कृषि क्षेत्रको उत्पादन बिक्री नभएकाले कृषकहरूले ऋण तिर्न नसकेको तथ्याङ्क रहेको उनीहरूले बताएका छन् ।
नगरपालिकाले नगर क्षेत्र भित्र रहेका कृषकहरूलाई सरकारले घोषणा गरेको कृषि तथा महिला उद्यम सहुलियत कर्जालाई बैंकहरुले उपलब्ध गराउनु पर्ने र त्यसमा देखा परेको कठिनाईहरुलाई नगरपालिकाले सहजीकरण गर्ने नगर प्रमुख पोखरेलले भनाई रहेको छ ।

कनकाई नगर भित्र रहेका सबै बैंकको कृषि कर्जा लगानीको अवस्था सरदर १५ प्रतिशत रहेको बताईएको छ । नगरमा बेरोजगार संख्या धेरै रहेको र नागरिकहरूलाई स्वरोजगार बनाउन कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउने लक्ष नगरले राखेको र सो बमोजिम नगरपालिकाले काम गरिरहेको कृषि विकास अधिकृत यदु उप्रेतीले बताए ।

छलफलमा बैंकका प्रवन्धकहरुले नगरपालिकामा कृषि, महिला उद्यम दर्ता गर्न आउँदा नगरले कर सम्बन्धी जानकारी दिनुपर्ने, कतिपय कृषक र महिला उद्यमहिरुले सहुलियत कर्जा लिएर तोकिएको भन्दा बाहिर लगानी र खर्च गर्ने गरेको पाइएको छ, त्यसको अनुगमन नगरपालिकाले गरिदिनु पर्ने, कृषक उद्यमीहरूले उत्पादन गरेको बस्तुहरूलाई बजारीकरणमा नगरपालिकाले सहयोग गर्नुपर्ने लगायतका सुझावहरू राखेका थिए ।
छलफलमा कनकाईमा शाखा रहेका बैंकहरूको तर्फबाट एनआईसी एशिया बैंकका प्रबन्धक लेखनाथ अधिकारी, हिमालय बैंकका प्रकाश निरौला, कुमारी बैंकका प्रेम ढुङ्गेल, सिद्धार्थ बैंकका श्याम नेपाल, माछापुच्छ्रे बैंक किशोर नेपाल, नेपाल बैंक पारसमणि निरौला, एक्सेल बैंक गौरव राय, नबिल बैंक अर्चना दाहाल, प्राइम कमर्सियल बैंक टिकाराम अधिकारी, कृषि विकास बैंक गणेश घिमिरे, प्राइम बैंक रुकेश खरेल र सनराइज बैंकका तेज थापामगर छलफलमा सहभागी भएका थिए ।

छलफलमा नगरप्रमुख पोखरेलले बैंकहरूलाई सामाजिक उत्तरदायित्व अन्तरगत नगर क्षेत्रमा सीसी क्यामरा जडानमा सहयोग गर्न अनुरोध गरेका छन् । नगरप्रमुख पोखरेलको अनुरोधलाई स्वीकार गर्दै बैंकका प्रवन्धकहरुले भनेका छन् नगरपालिकाले बैंकहरुमा पत्र पठावोस, उक्त पत्रलाई केन्द्रमा पठाएर नगरले अघिसारेको सीसी क्यामरा जडानकार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । प्रवन्धकहरुले कनकाईका ठुला व्यवसायी, कृषकसहितका पक्षलाई समेटेर वृहत अन्तरक्रिया आयोजना गरिदिन नगरपालिकालाई अनुरोध गरोका छन् । उनीहरूले बैंक वित्तिय क्षेत्रको बारेमा चासो राखेर छलफलको वातावरण तयार पर्ने सायदै पहिलो नगरपालिका रहेको भन्दै बैंक प्रवन्धकहरुले नगरप्रमुखको प्रशंषा गरेका छन । नगरप्रमुख पोखरेलले बैंक वित्तिय क्षेत्र, कृषक, महिला उद्यमी र व्यवसायी विच छिटै वृहत अन्तरक्रिया कार्यक्रम आयोजाना गर्ने प्रतिवद्धता गरेका छन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर