Aamsanchar

युनिकम नेपाल र नेपाल उद्योग वाणिज्य महासंघ कोशी बिच परस्पर समझदारी पत्रमा हस्ताक्षर

Author Image
बुधवार, चैत ८, २०७९

बिर्तामोड ।   उद्योग तथा व्यवसायिक क्षेत्रमा आवद्ध मजदुरको छाता संगठन युनिकम नेपाल र उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशबीच दुई पक्षीय परस्पर हितका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच  युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेल र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष टिकाराज ढकालले ११ बुधे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

कोशी प्रदेशभरिका उद्योग र व्यापार क्षेत्रमा कार्यरत कामदार कर्मचारीलाई रोजगार सम्बन्ध स्थापित हुने फोटो सहितको परिचय पत्र, न्युनतम पारिश्रमिक समयमै उपलब्ध गराउनु पर्ने, साप्ताहिक बिदा, मई दिवसमा बिदा सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउनु पर्ने, राज्यको श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन अनुसार व्यवसायीको दायित्व र कर्तव्य पालन गरिनु पर्ने, व्यवसायीजन्य स्वास्थ्य तथा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, नेपालको संविधान २०७२ श्रम ऐन २०७४ तथा ट्रेड युनियन ऐन २०४९ अनुसार श्रमिकको सङ्गठित हुन पाउने अधिकारलाई कुण्ठित नगर्ने / नगराउने, श्रम विवाद समाधानका लागि सरोकारवाला, सरकारी निकाय र स्थानीय सरकारसँग समन्वय गर्ने, कुनै कामदार कर्मचारीले आफू कार्यरत प्रतिष्ठान पसलबाट काम छोड्नु परे नगद, जिन्सी, हर हिसाब अनिवार्य फरफारक गरेर मात्र दुवै पक्षले काम छोड्ने /छोडाउने, दुबै पक्षबाट कार्यस्थलमा लैंगिक हिंसा गर्न गराउन नपाईने लगायतका विषयमा समझदारी गरिएको छ ।

श्रम तथा रोजगार कार्यालय भद्रपुरका कार्यालय प्रमुख दुर्गा आचार्य, श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख खगेन्द्र सुवेदी, युएनआई ग्लोवल युनियन एशिया प्रशान्त संगठन तथा कार्यक्रम संयोजक तिलकजंग खड्का र संवाद समूह झापाका सहजकर्ता अर्जुन राजवंशीको  रोहबरमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

कार्यक्रमको सञ्चालन युनिकमका प्रेस सल्लाहकार केशव भट्टराईले गरेका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 288

प्रतिक्रिया (०)

सम्बन्धित खबर