Aamsanchar

पुरस्कार र प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गर्दै संघका पदाधिकारीहरु ‘राखेप’मा

Author Image
बुधवार, चैत ८, २०७९

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेलाडीको नगद पुरस्कार र प्रोत्साहन भत्ता यथाशीघ्र उपलब्ध गराउन माग गरेको छ । संघका पदाधिकारीले बुधबार राखेप सदस्य सचिव टंकलाल घिसिङसमक्ष तीन बुदे मागपत्र पत्र बुझाएका हुन् ।

अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा राखेप पुगेको खेलाडी संघले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई बृहत राष्ट्रिय खेलकुदको कार्यविधिमा उल्लेख भए वमोजिम प्रदान गरिने नगद पुरस्कार रकम तुरुन्त उपलब्ध गराउनु पर्ने, चीनमा आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको १९औं एसियाली खेलकुदका लागि खेलाडीहरुको तयारी र प्रशिक्षण तत्काल संचालन गरिनु पर्ने तथा सागमा स्वर्ण, एसियाली खेलकुदमा पदक विजेता र ओलम्पियन खेलाडीहरुले विगतमा पाउँदै आएको प्रोत्साहन भत्ता यथाशीघ्र उपलब्ध गराउन माग गरेको छ ।

खेलाडी संघको मागपत्र बुझ्दै सदस्य सचिव घिसिङले खेलाडीको रोकिएको पुरस्कार रकम र भत्ता एक हप्ताभित्र उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

गोरखापत्रबाट ।

Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर