Aamsanchar

श्रीमानले हतौडा र चक्कु प्रहार गरेर शक्त घाइते भएकी बिना लिम्बुको उपचारमा मेची अभियान र स्थानीयद्वारा पहल सुरु    

Author Image
शुक्रवार, चैत १०, २०७९


कनकाई । नारीले पुरुष सँग यसकारणले विवाह गर्छिन्, ताकी आफ्नो जियु ज्यान र भौतिक, सामाजिक सुरक्षा हुन्छ भनेर तर विवाह गरेका पुरुष (श्रीमान) नै आफ्नो जीवनको लागि खतरा बने पछि झापा कनकाई–२ मा  अस्थाई बसोबास गर्दै आएकी एक महिला जीवन मरणको दोसाँधमा रहेकी छन् ।

गत फागुन २४ गते झापा दमक नगरपालिका २ सुकुमबासी टोल घर भई हाल कनकाई नगरपालिका २  नेवार टोलमा डेरागरी  बस्ने अन्दाजी. वर्ष ३७ का पदम कुमालले मादक पदार्थ सेवन गरी आफ्नी श्रीमती बिना लिम्बुलाई हम्मर र चक्कु प्रहार गरेका थिए । पदम कुमाल हाल प्रहरी हिरासतमा रहेका छन् ।

घटना भए लगत्तै घाइते बिना लिम्बुलाई उपचारको लागि मेची प्रादेशिक अस्पताल पुर्याइएको थियो । उक्त अस्पतालले उपचार सम्भव नभएको भन्दै बिर्तामोडको एक अस्पतालमा रेफर गरेको थियो । उक्त अस्पतालमा उपचार गर्न रकम अभाव भएपछि फेरी उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा) लगिएको थियो । श्रीमानको आक्रमणबाट टाउकोमा र पेटमा गम्भिर चोट रहेको र अप्रेसन गर्नुपर्ने त्यहाँका चिकित्सकहरूले सुझाव दिए त्यसपछि पीडित लिम्बुको अप्रेसन आर्थिक अभावकै कारण हुन सकेन त्यहाँबाट सामान्य उपचार मात्र गरेर घर ल्याइएकी बिना कनकाई ३ स्थित आफन्तकोमा आश्रय लिएर बसेकी छन् । हाललाई बस्नको लागि आश्रय त  पाएकी छन् । तर उनको स्वास्थ्य अवस्था प्रतिदिन नाजुक बन्दै गएको छ ।  टाका लगाएको ठाउँबाट रगत र पिप बग्न थालेको छ, शरीर सुन्निन थालेको छ । तत्काल अप्रेसन नभए ज्यान जोखिममा पर्ने खतरा देखे पछि स्थानीयबासीले उपचारमा सहयोग र सहजीकरण गरिदिन भन्दै मेची अभियान, प्रहरी, स्थानीय सरकार र समाजसेवी हरु समक्ष  आग्रह गरेका छन् ।

पीडित बिना लिम्बुको अवस्थालाई बुझन आज (शुक्रबार) मेची अभियानका कौशल भण्डारी, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सुरज कार्की, इलाका प्रहरी कार्यालय सुरुंगामा इन्चार्ज मानबहादुर जिम्बा, कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाईँ, समाजसेवी लिलाप्रसाद चिमरिया लगायतका व्यक्तिहरू पीडित लिम्बू बसेको घरमा पुगेर वर्तमान स्वाथ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।
पीडितलाई उपचारमा सहयोग गर्नको लागि मेची अभियानले अग्रसरता देखाएको छ । अभियानले घोपा धरानका प्राध्यापक डाक्टर सञ्जिव शर्मा सँग सहकार्य गरेर  पीडित लिम्बुको निशुल्क अप्रेसन गराउन पहल गर्ने मेची अभियानका परिकल्पनाकार सांसद विश्वप्रकाश शर्माले बताए ।

त्यसैगरी उपचार सहजीकरणका लागि कनकाई नगरपालिकाले अस्पताल सम्म पुग्न एम्बुलेन्स व्यवस्थापन गरिदिने वडाध्यक्ष युवराज चौलागाईले बताए । विरामी कुरुवालाई खानाको व्यवस्थापनकालागि समाजसेवी लिलाप्रसाद चिमरियाले आर्थिक सहयोग जुटाउन पहल सुरु गर्ने भएका छन् ।

पीडीत बिना लिम्बुलाई बचाउन आर्थिक सहयोग गरिदिन सबै समक्ष चिमरियाले अपील पनि गरेका छन् ।

२०७२ सालको भुकम्पको वेला सहयोग जुटाउन स्वत स्फूर्त स्थापना भएको मेची अभियानले हाल सम्म पनि सामाजिक कार्यहरु गर्दै आएको छ । असाहय, दिनदुखी र आमसर्वसधारण गरि हाल सम्म दशौं हजार जनालाई उपचार र स्वास्थ परिक्षणमा सहजीकरण गरि सकेको मेची अभियानका संयोजक विजय डालमियाले जानकारी दिए । 
 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)