Aamsanchar

मौलिक कला सांस्कृतिक कार्यक्रम आयोजना गर्ने शैली पाँचथर तुम्बेवा बाट सिक्ने की !

Author Image
मङ्गलवार, वैशाख १९, २०८०

नेपाली जातजातिको मौलिक कला संस्कृति संरक्षणको नाममा स्थानीय पालिकाहरूले वर्षेनी लाखौं रुपैयाँ खर्चिने गरेका छन् । स्थानीय तहको लगानी र आयोजनामा हुने गरेका धेरै सांस्कृतिक कार्यक्रम सभा समारोहमा नेपाली मौलिकता भने प्रस्ट रुपमा झल्किन सकेको पाइदैन ।  कतिपय ठाउँमा सांस्कृतिक कार्यक्रमको ब्यानर अगाडि अर्धनग्न अवस्थाका पाश्चात्य गीत र नृत्य प्रर्दशनी गरेर नेपाली कलासंस्कृतिको धज्जी उडाएको भनेर खबरहरू बन्ने गरेका छन् । उद्देश्य एक कार्य भने अनेक भएकाले कतिपय आयोजक र स्थानीय तहका जनप्रतिनिधिहरू आलोचित पनि हुने गरेका छन् ।

पूर्वी पहाडी जिल्ला पाँचथरको तुम्बेवा गाउँपालिकाले भने सानो बजेट ३ लाख रुपैयाँ मा वास्तवमै मौलिक कला संस्कृति झल्कने र प्रवर्द्धनमा टेवा पुग्ने खालको कार्यक्रममा लगानी गरेर जन भावना र चाहना अनुसारको कार्य गरेको छ ।
सांस्कृतिक कार्यक्रममा मञ्च बास र सेउलाको बनाइएको थियो । मञ्चमा अतिथिहरूका लागि आसन सोफा, कुर्सी नभएर गुन्द्री, गजरा र सेउला पछ्याएर आसन व्यवस्थापन गरिएको थियो, अतिथिहरूले पलेटी कसेर आसन ग्रहण गरेको दृष्यले अझ मौलिकता प्रस्ट्याएको थियो ।

मञ्चमा पुराना परमपरागत घरायसी सामग्रीहरूको प्रर्दशनी गरिएको थियो । कार्यक्रममा आयोजकले खाजा पनि मौलिक अनुसारकै व्यवस्थापन गरेको थियो । मकै, भटमास, उसिनेको आलु, गुन्द्रुकको अचार टपरामा खान दिइएको थियो ।  मःम, चाउमिन जस्ता खाजाको व्यवस्थापन गर्ने चलन बढिरहेको अवस्थामा सो ठाउँमा पनि त्यस्ता खाजाहरू उपलब्ध थिए तर आयोजकले त्यस्ता खाजालाई प्रार्थमिकता दिएन ।

सानो बजारको ठुलो खेल मैदानमा आयोजना भएको कार्यक्रममा पालिकाका विभिन्न स्थानबाट आएका कलाकार र अवलोकन कर्ताको भिड राम्रै थियो ।

कार्यक्रम आयोजना 

पाँचथर जिल्लाको दक्षिण पश्चिममा रहेको तुम्बेवा गाउँपालिकामा मौलिक कला संस्कृतिको संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले वृहत बहुसांस्कृतिक संगोष्ठी सम्पन्न भएको छ । तुम्बेवा गाउँपालिकाको सदरमुकाम मौवा बजारको खेलमैदानमा वैशाख १६ र १७ गते बहुसांस्कृतिक संगोष्ठी सम्पन्न भएको हो ।

कोर्काली अध्ययन केन्द्रको आयोजना र नौलो साहित्यिक बिहानी, फिदिमको सह आयोजना सम्पन्न दुईदिने कार्यक्रममा जनगायक जीवन शर्मा लगायत स्थानीय दर्जनौँ कलाकारहरूले कला प्रस्तुती रहेको थियो ।
कोर्काली अध्ययन केन्द्रका अध्यक्ष रविन तिम्सिना कोर्कालीको अध्यक्षतामा आयोजित कार्यक्रममा  पालिका अध्यक्ष बाबुराम खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

जीवन गौतम कोर्काली (अध्ययन केन्द्र) ले स्वागत मन्तव्य दिएपछि प्रेम ओझाले कार्यक्रममाथि प्रकाश पारेका थिए । इन्द्रेणी माविका प्रधानाध्यापक खड्ग थापा, पालिकाका प्रशासकीय अधिकृत मणिराम खतिवडा, पालिका उपाध्यक्ष खड्गसुन्दर साम्वाहाम्फेले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्रष्टाहरू यादवप्रसाद अधिकारी (झाँक्रीखोले), चन्द्रकुमार सेर्मा,सेसेमी सेर्मा नाल्बो, रचना लावती, खोलाघरे साहिंलो, शकुन्तला जोशी, राजकुमार माङ्लाक, जेबी खत्रीलाई सम्मान गरिएको थियो ।
दुई दिने कार्यक्रममा लोक नृत्यहरू, झाँक्रीनाच, साकेला नृत्य सिली, बालन नृत्य, मुर्चुङ्गा, बिनायो, च्याभ्रुङ नाच, सारङ्गी र मादल धून, नाकले मुरली बजाउने (धनबहादुर गुरुङ), धाननाच, सँगिनी, तामाङ सेलो, कविता प्रतियोगिता, सम्मानित स्रष्टाहरूका कविता वाचन भएको थियो ।

कार्यक्रमको सञ्चालन– सहजीकरण मदन मूर्छना र पवित्रा प्रयत्नले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 440

प्रतिक्रिया (०)

सम्बन्धित खबर