Aamsanchar

‘विकास र राजनीति फरक हुनुपर्छ, राजनीतिले विकास गर्न सक्नुपर्छ तर बिकासमा राजनीति गर्नुहुन्न’

Author Image
मङ्गलवार, वैशाख २६, २०८०

अहिले नेपालमा धरान शहरको नाम चर्चामा छ । कारण हो ! हर्क साम्पाङ्ग यतिमात्र होइन त्यहाँका जनता पनि धेरै सचेत हुनु हुँदो रहेछ । सलाम सबै जनालाई देश प्रेमी प्राकृतिक प्रेमी, मानवता प्रेमी समाज प्रेमी, संस्कृति प्रेमी, खुद आफ्नो बल मा चल्ने, विकासका कामहरू समाज सुधारको काम गर्ने आफ्नो बोलीमा अडिग रहने महान हर्क ।  जनतालाई खुशी बनाउनु नै विकास हो, सबै अग्रजहरूको आशीर्वाद मिलोस् हाम्रो मेयर लाई ।

जसले गर्दा सधैँ धरान को नेतृत्व गरिरहन उर्जा मिलीरहोस् । चिल्लो सडकमा जनता रुहिरहे त्यसलाई विकास भनिनन् । यो कार्यक्रमले निरन्तरता पाओस् शुभकामना नेता होस त  धरान को मेयर साहब हर्क साम्पाङ जस्तो । यहाँ आफ्नो स्वार्थ र जितको लागि जात जातिमा विभाजन गरेर एकआपसमा लडाउँदै गरेको बेला यस्तो एकता अनि समृद्धिको थालनी नै नयाँ युगको सुरुवात हो, धरान नबनुन्जेल धरानको प्रधानमन्त्री बनेर काम गर्नुहुनेछ, धरान बनिसकेपछी देशको प्रधानमन्त्री बनेर देश बनाउनुहुनेछ मेयर साप सम्मान सदैव ।

जनतालाई कसरी सँधै खुशी बनाउन सकिन्छ भनेर सोच्ने नेता मेयर हर्क साम्पाङ्ग सलाम छ । ज्येष्ठ नागरिक हरू प्रति गरिएको माया सम्मान एक दमै राम्रो छ वहाँ हरूले पनि मनोरञ्जन गर्नु पाउने वातावरण सबै ठाउँमा यसरी नै पहल गरियोस् सलाम मेयर साहब । नेपाल मा हजुर जस्तो देश भक्त मान्छे हरूको खाँचो छ कति दूरदर्शीता आहा मेयर साहब को हरेक काम प्रति उच्च सन्मान मेरो जुन देशमा वृद्धवृद्धाहरूको मुहारमा मुस्कान हुन्छ त्यो देशलाई समृद्ध छ भनेर आँकलन गर्न सकिन्छ ।

विकासको मापन भौतिक संरचनाको बाटाघाटा भवन   मात्र गरेर पुग्दैन । समाजका नागरिकहरूको समग्र खुशी पनि त्यो स्थानको विकास मापन गर्ने एउटा माध्यम हो। धरानको स्थानीय सरकारले चालेको यो कदम देशव्यापी हुनु जरूरी छ, धरानका मेयर साहबको यो भिजन अत्यन्त अनुकरणीय छ । धरानको यो मोडल सबै नगर तथा गाउँपालिकाहरूले अनुसरण गर्न जरूरी छ । ज्येष्ठ नागरिकहरूलाई भत्ता दिनु मात्र ठूलो कुरा होइन । यसरी सानो सानो कुराले पनि ठूलो ठूलो खुशी दिन सक्नु नै उहाँहरुप्रति को वास्तविक सम्मान हो ।

मेयर साहबको यो कार्य र अवधारणा साह्रै मुनासिब छ । आगामी दिनमा पनि यसरी नै यो कार्यक्रमले निरन्तरता पाइरहोस् । बुबा आमाहरूको मुहारमा प्रफुल्ल मुस्कान छाइरहोस् । हर्क साम्पाङ जस्तै काम गर्नु पर्छ, सबै एकै ठाउँमा सङ्गठित हुने हो भने देशले मुहार फेर्ने थियो ।  र हाम्रो भाषा अरु देशमा सिकेर नेपाल कमाउन जान्थ्यो होला अरु देश को नागरीक ! प्रशंसामा धेरै नफु र्किनु होला मेयर साप !
यहाँ त मुखमा रामराम बगलीमा छुरा बढी हुन्छ ! प्रशंसा वा आलोचना भन्दा माथि उठेर आफ्नो लक्ष्यमा मात्र ध्यान दिनु भयो भने तपाईको सफलता अवश्य दिगो हुनेछ । जनताले अति सहन्छ अतिचार सहदैन । यो त कास्टिङ्ग हो । फ्लिम रिलिज हुनु अगाडि सबै सच्चिनुपर्छ । हो अब धरान विकाश विरोधी केही जन प्रतिनिधि हरुलाई कालो मोसो दलेर जुत्ताको माला लगाई भानु चोक मा खडा गरी विदाई गरेको हेर्ने धोको छ !  सुकिला मुकिला धेरै हेरियो अब देश बनाउछ त केवल धुस्रे फुस्रे ले ढुक्क हुनुस पसिनाको गन्ध मीठो र प्यारो लाग्न थालेको छ धराने जनतालाई । यो सकारात्मक कुरा हो। सुतेको देशले आँखा उघाएको छ अब हजुर ले डोर्याउदै प्रगतिपथमा लम्काउनु छ । कोहि भात खयो भनेर मुद्दा हाल्छ कोहि विधि पुगेन भनेर पालिका मा आउदैन,यो कालो रात  लाई चिर्न निकै गह्रौ हुन्छ हर्क सर  तर जनताले साथ दिए भने त्यो रात लाई बिहानी मा परिणत गरिदिन सक्छन । सधैँ यसरी नै राम्रो कर्म गर्दै अगाडि बढ्नुस मेयर साहब ! हामी जनता सधैँ साथमा छौं !

खुट्टा तान्नेहरु लाई एक दिन जनताले पाता फर्काउछन अनि आफै पतन हुन्छन् अति सराहनिय कार्य मेयर साहब ।  साथै  धरान उपमहानगरले पनि चालु खर्चलाई घटाइ सरकारी सवारी साधन दुरुपयोग, इन्धन आफ्नै गोजीबाट बेहोर्नुपर्ने, मर्मत आफ्नै गोजीबाट बेहोर्नुपर्ने, अनाबश्यक सबारी साधनको नयाँ खरिद रोक्न सकेमा र देशमै उत्पादन भएका विद्युतिय सवारी साधनलाई उच्च प्राथमिकता दिइ प्रयोग गर्ने निति अबलम्बन गरेमा पक्कै पनि देश समृद्ध बन्ने थियो । आत्मनिर्भर बन्ने थियो। हजुर जस्तो देश भक्त मान्छे हरुको को खाँचो छ कति दूरदर्शीता आहा मेयर साहब को हरेक काम प्रर्ति उच्च सन्मान मेरो ! जय हर्क , जय धरान, जय भिजन युक्त युवा !  नेतृत्वले देश हाकोस अपार शुभकामना ।

लेखक धनगढीका युवा उद्यमी, सामाजिक अभियन्ता हुन ।    

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर