Aamsanchar

बीमा बारे सचेतना फैलाउन पोखरा विश्वविद्यालयका विद्यार्थीहरूद्वारा र्याली सम्पन्न

Author Image
सोमवार, जेठ १, २०८०


पोखरा । बीमा गर्नुको आवश्यकता र महत्व बारेमा सचेतना फैलाउने उद्देश्यले  पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सडक र्याली गरेका छन् ।

आज ५५ औं बीमा दिवसको सन्दर्भमा विश्वविद्यालयमा अध्ययनरत ३ सय भन्दा धेरै विद्यार्थीहरू विभिन्न प्लेकार्ड बोकेर र पर्चा वितरण गर्दै पोखरा बजार परिक्रमा गरेका हुन ।

र्याली पोखराको विभिन्न चौक हुँदै  पृथ्वीराजमार्ग सम्म पुगेर पोखरा विश्वविद्यालय आएर टुङ्गिएको थियो ।

र्यालीको नेतृत्व स्कुल अफ बिजनेसका निर्देशक डा. सृजन ज्ञवालीले गरेकी थिइन् । र्याली समापन पछि भएको  सभालाई सम्बोधन गर्दै सह प्राध्यापक डा. रविन्द्र घिमिरेले बीमाको महत्व र अपरिहार्यताको बारेमा प्रकाश पारेका थिए ।

समापन कार्यक्रममा बीमा तथा बैंकिङ अध्ययन समूहका अध्यक्ष दिपेश भुजेलले कार्यक्रममा सहभागी हुने र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने ब्यक्तिहरू, संस्थाका प्रतिनिधिहरू, विश्वविद्यालय प्रशासन, प्राध्यापक, विद्यार्थी, कर्मचारी, स्थानीय बासिन्दा, बुद्धिजीवी, जनप्रतिनिधि, प्रहरी प्रशासन, सवारी चालक तथा प्रायोजक रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीलाई धन्यवाद दिए ।

बीमा तथा बैंकिङ अध्ययन समूह स्कुल अफ बिजनेस पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले २०७३ सालमा स्थापना गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर