Aamsanchar

बिर्तामोड खानेपानीको निर्वाचनमा दुईवटा प्यानल खडा

Author Image
आइतवार, जेठ ७, २०८०

बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनका लागि दुईवटा प्यानलले उम्मेदवार घोषणा गरेका छन ।

हिजो स्वतन्त्र प्रगतिशील प्यानलले आफ्ना उम्मेदवारको नाम घोषणा गरेको छ भने आज लोकतान्त्रिक राष्ट्रवादी समूहले उम्मेदवार घोषणा गरेको हो ।

स्वतन्त्र प्रगतिशील प्यानल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उम्मेदवार बिच तालमेल गरिएको छ भने लोकतान्त्रिक राष्ट्रवादी समूहमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरू रहेका छन् ।

स्वतन्त्र प्रगतिशील प्यानलबाट अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्ष प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्ष बिनिता राजवंशी, खुलासदस्य छत्रबहादुर श्रेष्ठ र रमेश उप्रेती, महिला सदस्यमा तारा राई, पुनम अधिकारी र सीमा सिलवाल ढुङ्गानाको उम्मेद्वारी रहने बताईएको छ ।

स्वतन्त्र प्रगतिशील प्यानलको उम्मेदवार घोषणा कार्यक्रम । 

लोकतान्त्रिक राष्ट्रवादी समूहका तर्फबाट अध्यक्षमा मेघराज बास्तोला, उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा पारश मैनाली र कोषाध्यक्षमा शारदा रिजाल उम्मेदवार रहेका छन् । त्यस्तै खुला सदस्यमा आनन्द गुरुङ, खगेन्द्र थापा, महिला सदस्य वालादेवी खरेल, माया प्रधान र कमला अग्रवाल रहेका छन् ।

लोकतान्त्रिक राष्ट्रवादी समूह प्यानलको उम्मेदवार घोषणा कार्यक्रम ।

आगामी जेठ १५ गते बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन हुँदैछ । उम्मेदवारी मनोनय दर्ता गर्ने आज अन्तिम मिति हो ।

बिर्तामोडमा खानेपानीको निर्वाचन स्थानीय तहको निर्वाचन झै माहोल बन्ने गरेको छ । यस पटकको निर्वाचन पनि त्यस्तै महोल बन्ने देखिएको छ । खानेपानीको निर्वाचन परिणामलाई लिएर दलहरूले स्थानीय तहको निर्वाचन जित्न सकिने आकलन गर्ने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर