Aamsanchar

बिर्तामोडमा रास्वपा नेता अचम्म परे

Author Image
आइतवार, जेठ ७, २०८०

बिर्तामोड । वर्तमान परिप्रेक्षमा निरास भएर पार्टी कार्यकर्ता र सर्वसाधारणहरूले दलहरू प्रति आलोचना व्यक्त गरिरहेको अवस्थामा झापाको बिर्तामोडमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको बिर्तामोड नगर भेलामा भने नागरिकहरूको उपस्थिति राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू लाई हौसाएका छ ।

एउटा नगर स्तरीय कार्यक्रममा अरु दलको जिल्ला स्तरीय कार्यक्रमको भन्दा धेरै मानिसहरूको उपस्थिति राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको थियो । कार्यक्रम स्थल व्यवस्थापनमै चुनौती खडा हुनेगरि  पार्टी समर्थकहरूको उपस्थितले आफूहरू अचम्मित भएको राष्ट्रिय स्वतन्त्र पार्टीका झापा जिल्ला सभापति उमेश खरेलले बताए ।  ‘शनिबार बिर्तामोडको सिटी सेन्टरमा आयोजित नगर भेलामा  १५ सय भन्दा धेरैको उपस्थिति रहेको थियो ।’  खरेलले थप्दै भने  ‘यत्रो जनमानसको उपस्थितिमा आफूले कहिलै नबोलेको जनताको हौसलाले निक्कै उत्साहित बनेको ’धारणा राखेका छन् । उनले भने ‘पार्टीले मिसन २०८४ सुरु भरेको छ । अब पुराना दलका बूढा नेताहरूलाई चौरासी गरेर सदाको लागि बिदा गर्ने छौं।’

गत प्रतिनिधि सभाको निर्वाचनको बेला सोही ठाउँमा भएको चुनावी सभामा पार्टी सभापति रवि लामिछाने आउँदा  एक दुई सय जनाको उपस्थिति रहेको स्मरण गर्दै नगर भेला कार्यक्रमका पार्टी शुभेच्छुको उपस्थिति त्यो बेलाको भन्दा १० गुणा धेरै भएको भन्दै खरेलले सुखी व्यक्त गरेका छन् ।

नगर भेलालाई सम्बोधन गर्न आएकी सांसद डा। तोसिमा कार्कीले चुनाब पछि राष्ट्रिय स्वतन्त्र पार्टीले गरेका गतिविधि र जनताको समस्या र मुद्दा प्रति सदनमा उठान गरिएको विषयका कारण पार्टी प्रति ह्वात्तै जनसमुदायको आकर्षण  बढेको धारणा राखेकी छन् ।

कार्यक्रममा महामन्त्री डा। मुकुल ढकाल, निशा डाँगी, मनिष झा, केन्द्रीय सदस्य रमेश प्रसाईँ लगायतका नेताहरूले सम्बोधन गरेका दिए ।

नगर भेलाले तदर्थ समिति भंग गरेर औपचारिक रुपमा नयाँ नगर समिति गठन गरेको छ ।  शम्भुप्रसाद भण्डारीको सभापतित्व मा ११ सदस्य समिति गठन भएको छ । समिति पदाधिकारीहरूमा  उपसभापति लिला खड्का, सचिव मनोज राजवंशी, कोषाध्यक्षमा विष्णु थापा चयन भएका छन् । त्यसैगरी विभिन्न वर्ग क्षेत्रलाई समेटेर ७ जनाको कार्यसमिति सदस्य चयन गरिएको छ सदस्यहरूमा अर्जुन उप्रेती, कमलमोहन उप्रेती, विपिन घिमिरे, रोशन न्यौपाने, शान्ता उप्रेती, सुष्मा तिवारी र ललिता लिम्बू रहेको सभापति भण्डारीले जानकारी दिए ।

शम्भुप्रसाद भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रम केन्द्रिय सदस्य रमेश प्रसाईँले घण्टी बजाएर उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन कमलमोहन उप्रेतीले गरेका थिए भने बन्दसत्रको कार्यक्रम अर्जुन उप्रेतीले गरेका थिए । कार्यक्रममा तदर्थ समिति उपसभापति निर्मला खतिवडाले गरेकी थिइन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर