Aamsanchar

अव्यवस्थित विद्युतीय तारका कारण कन्यामको सौन्दयतामा रास

Author Image
आइतवार, असार ३, २०८०

कन्याम । पंक्तिबद्ध चियाका बुटाहरू र टाढा टाढा सम्मका  डाँडाहरू सहजै  निहाल्न सकिने ठाउँ मध्येको एक उत्कृष्ट ठाउँ इलाम जिल्लाको पर्यटकीय स्थल कन्याममा आजभोली सहज सँग त्यहाँको प्राकृतिक संरचनाहरू निहाल्न नसकिने भएको छ ।

प्राकृतिक सौन्दर्य र चिया बगानमा पुगेर मनमोहक दृष्य हेरेर दंग पर्ने गरेका पर्यटकहरू पुनः कन्याममा पुग्दा जताततै तार रै तार देख्दा खिन्न महसुस गर्न थालेका छन् ।

ल्यान्डस्केप दृष्य देखिने कन्याम आजभोली विकासको नाममा यत्रतत्र विद्युत विस्तर गर्ने काम भएपछि त्यहाँको मनमोहक दृष्य हेर्न पर्यटकहरूलाई असहज हुन थालेको हो ।

कन्याम चियाबारी र सडक किनारमा गाडिएका विद्युत पोल र टाँगिएका तारले त्यहाँको शुन्दर्तामा नराम्रो असर पुर्याएको छ ।   पर्यटन मैत्री ढंगले विद्युत विस्तार गर्ने काम नहुदाँ कन्यामको सौर्दयतामा रास आएको त्यहाँ पुग्ने पर्यटकहरूको भनाई छ ।

कन्याम लामो समयदेखि प्रकृति प्रेमी र चिया प्रेमीहरूले समान रूपमा मन पराउँदै आएको ठाउँ हो । पहिले पहिले विदेशी पर्यटकहरू पनि कन्याम अवलोकनको लागि पुग्ने गर्दथिए तर आजभोली भारत बाहेकका पर्यटकहरू कन्याममा देखिदैनन् ।

कन्यामको बढ्दो लोकप्रियतासँगै बिजुलीको माग पनि बढेको छ । फलस्वरूप, पर्यटकहरूको बढ्दो सङ्ख्यालाई समायोजन गर्न होटल, रिसोर्ट र लजहरू द्रुत रूपमा विस्तार गर्ने काम भइरहेको छ । स्थानीय र पर्यटकहरूको सुविधाको लागि विद्युत अनिर्वाय भएपनि कन्यामको पर्यटन भविष्य तारकै कारण अन्योलमा पर्ने पो हो की भनेर सचेत स्थानीहरू चिन्तित बनेका छन् ।

विद्युतीय तार भूमिगत गर्ने अवधारणा नयाँ होइन र विश्वका विभिन्न भागहरूमा सफलतापूर्वक लागू गरिएको छ । नेपालका विभिन्न शहरहरूमा भूमिगत विद्युत विस्तारको काम भइरहेको अवस्था छ । खुला ग्रामीण क्षेत्रमा भूमिगत विद्युत विस्तार गर्ने कार्य सुलभ र सहज हुन्छ तर कन्याममा यो विधिलाई प्रयोगमा ल्याउन तर्फ कसैले चासो देखाएका छैनन् ।

प्रकृति प्रेमी स्थानीय र पर्यटकहरूको आजको चिन्तालाई तत्काल सम्बोधन गर्न सम्बन्धित पक्षले नसके भोलिको दिनमा कन्याम पर्यटक विहीन बन्न सक्छ ।

कन्यामको मनमोहक आकर्षण यसको प्राकृतिक वैभवले आगन्तुकहरूलाई मोहित गर्ने क्षमतामा निहित छ । चिया बगान पर्यटकीय स्थललाई यथार्थमा मनमोहक गन्तव्यको रुपमा पुनः प्राप्त गर्नका लागि अव्यवस्थित विद्युतीय तार भूमिगत गर्न  जरुरी छ ।  फोटो: शरद जोशी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर