Aamsanchar

‘धरानको भाग्य र भविष्य सग जोडिएको प्रतिष्ठानलाई कुनै पनि हालतमा छाता ऐनमा लान नदिने’

Author Image
शुक्रवार, असार ८, २०८०

 काठमाडौँ ।   चिकित्सा विश्वविद्यालय बनाउने उद्देश्यले भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान All India Institute Of Medical Sciences AIIMS ,को मोडलमा स्थापना भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउनु पर्ने सरोकारवालाहरूले माग गरेका छन् ।

नेपाल सरकारले सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई  एकठाँउमा राख्ने गरि ल्याउन लागेको नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नराखी  छुट्टै विश्वविद्यालय बनाउनु पर्नेमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितिले बिहीबार काठमाडौँमा गरेको अन्तरक्रियामा  सरोकारवाला तथा प्रतिष्ठानका पूर्व उपकुलपति हरुले जोड दिएका छन् ।

प्रतिष्ठानको स्थापना चिकित्सा विश्वविद्यालय बनाउने उद्देश्यले भएकोले यसलाई छाता ऐन भित्र राख्न नहुने प्रतिष्ठानका पूर्वउपकुलपति तथा कांग्रेस नेता प्रा। डा शेखर कोइरालाको भनाई छ ।  ‘प्रतिष्ठानको सुरुवात गर्दा नै यसलाई विश्व विद्यालय बनाउने उद्देश्य  थियो’ प्रा डा कोइरालाले भने – ‘प्रतिष्ठान  भारतको एम्स को मोडलमा स्थापना भएको हो , यो अन्य प्रतिष्ठान भन्दा फरक विशिष्ट प्रतिष्ठान भएकाले यसलाई छाता ऐनमा नराखी पूर्ण विश्वविद्यालय बनाउनु पर्छ ।’

धरान या कोशी प्रदेशको लागी  मात्र नभई देशकै लागी प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालय बनाउन आवश्यक  रहेको वताउदै कोइरालाले भने – ‘छाता  ऐनमा   विपी प्रतिष्ठानमा लगिए देशलाई नै घाटा हुन्छ  ,  यसको विशिष्ट पहिचान छ , यो अन्य प्रतिष्ठानभन्दा बिल्कुलै फरक छ ।’

चिकित्सा शिक्षा आयोगको दम्भ र घमण्डको कारण अहिले प्रतिष्ठान माथि आक्रमण भएको बताउँदै कोइरालाले भने  –‘चिकित्सा शिक्षा आयोजक  आफूलाई सुपेरियर हिरो ठान्छ  , त्यसको कारण यो प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन समस्या भएको हो ।’  प्रतिष्ठानको स्थापना गर्दा पनि   सांसदहरूलाई बुझाउन निकै कठिन भएको बताउँदै उनले त्यो वेला पनि तत्काल प्रतिनिधिसभा रहेका सांसदहरू प्रतिष्ठानलाई मेडिकल कलेजको रुपमा मात्र बनाउने पक्षमा रहँदा रहँदै पनि तत्कालीन प्रधानमन्त्री स्व गिरिजा प्रसाद कोइरालाले एम्सको मोडलमा नै यो संस्था बनाउनु पर्ने बताए पछि मात्र प्रतिष्ठान बनेको बताए ।  उनले स्थापनाको प्रसङ्ग कोट्याउदै अहिले पनि यसलाई विश्व विद्यालय बनाउन संसदीय समिति र  सांसदहरूलाई यसकारण महत्व र प्रतिष्ठानको बारेमा बुझाउन सुझाए । उनले आफू  प्रतिष्ठानलाई विश्व विद्यालय बनाउन लागिपर्नै प्रतिबद्धता व्यक्त गरे  ।

अध्ययन अनुसन्धान, सेवा समेत अन्तराष्ट्रिय स्तरमा ख्याति कमाइसकेको अवस्थामा विश्वविद्यालय बनाउनु पर्नैमा तल झारेर  छाता ऐनमा लानु गलत भएको पूर्व उपकुलपति प्राध्यापक डाक्टर लोक विक्रम थापाको भनाई थियो   ।  उनले  नेपालमा भएका अन्य विश्वविद्यालय भन्दा फरक विशिष्ट खालको मेडिकल विश्वविद्यालय बनाउने उद्देश्यले  प्रतिष्ठानको स्थापना गरिएको बताउँदै थापाले भने  –  चिकित्सा शिक्षाका उच्च तह सम्मको अध्ययन हुँदै आएको प्रतिष्ठानले  नेपालमा कुनै पनि स्वास्थ्य समस्या समाधान गर्न  सामर्थ्य राख्छ ।’

प्रतिष्ठानका स्थापक पुर्व पूर्व निर्देशक   मदन उपाध्यायले प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालयको रुपमा विकास गर्ने योजना अनुरूप नै प्रतिष्ठानमा निर्देशक हटाएर उपकुलपतिको नेतृत्वमा सञ्चालन सुरु गरेको बताए ।  उनले सरकारले  ल्याउन लागेको छाता ऐनमा प्रतिष्ठानमा राख्न लागेको सुन्दा आफू अचम्मित भएको र दुख समेत लागेको बताए  ।   नेपालका दल र नेताहरूको अर्कमण्डयता को कारण  प्रतिष्ठानलाई छाना ऐनमा लगेर आंगिक क्याम्पसको रुपमा पुर्याउन लागिएको हो , उनले भने  प्रतिष्ठानलाई  यो कुनै हालतमा छाता ऐनमा लान दिनु हुदैन , यसलाई भारतको एम्स जस्तै विशिष्ट खालको मेडिकल विश्वविद्यालय बनाउनु पर्छ  । नेपालको एक मात्र  शहर मुखी नभई गाउँमुखी चिकित्सक उत्पादन  गर्ने सेवा दिन स्वास्थ्य संस्था प्रतिष्ठान भएकोले यसलाई जोगाउन सबै एक भए अगाडि बड्नु पर्नेमा जोड दिए ।

काठमाडौँ रहेको वरिष्ठ चिकित्सकहरूलाई धरान टाढा भएको ले उनीहरूले  उपत्यकाका बाहिर भएको विश्व विद्यालय सो सरहको प्रतिष्ठानलाई विश्व विद्यालय बनाउन बाधा पुर्याइरहेको पूर्व मन्त्री मीन विकले आरोप लगाए । प्रतिष्ठान सग   विश्व विद्यालय बन्न सबै  थोक भएकोले प्रक्रिया पुर्याएर  रचनात्मक दवाव दिदै सबै क्षेत्रबाट एक भएर अगाडि बढ्न आव्हान समेत गरे । कोशी प्रदेशको मात्र नभई देशकै गहना भएको ले प्रतिष्ठानलाई छाता ऐनमा नराखी विश्वविद्यालय बनाउनु पर्ने कोशी प्रदेश संसद् मिना श्रेष्ठले  बताइन । प्रतिष्ठानलाई विश्व विद्यालय बनाउन कोशी प्रदेश सरकारले पनि सहयोग गर्ने उनको भनाई थियो ।

धरानको भाग्य र भविष्य सग जोडिएको प्रतिष्ठानलाई कुनै पनि हालतमा छाता ऐनमा लान नदिने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समिति धरानका संयोजक मुक्सामहाङ मेयाङ्वाले बताए ।  धरानको मात्र नभई देशकै गहनाको रुपमा रहेको प्रतिष्ठान दक्षिणा एसियाकै उत्कृष्ट मेडिकल कलेजको बन्यो । देश विदेशमा ख्याती कमाइ सकेको प्रतिष्ठानलाई अहिले सरकारले प्रतिष्ठानहरूको छाता ऐन बनाएर गाभ्न लागेको भन्दै यसको सर्वत्र विरोध भइहेको छ । प्रतिष्ठानलाई पुर्ण विश्वविद्यालय बनाउनुको साटो राज्यले अस्पतालको रुपमा मात्र खुम्च्याउन खोजेकोले आफूहरू आन्दोलित भएको उनको भनाई छ । उनले समितिले कुलपति समेत रहेका प्रधानमन्त्री तथा सह कुलपति रहेका स्वास्थ्य मन्त्री लाई समेत भेटेर ज्ञापन पत्र बुझाउन जानकारी दिए ।  वार्षिक ५ लाख भन्दा धेरै बिरामीको उपचार गर्दै आएको छ प्रतिष्ठानले । अनुसन्धानमा पनि अन्तराष्ट्रिय स्तरमा पनि अब्बल मानिएको प्रतिष्ठानमाथि सन् २०१९ देखिनै राज्यले उपेक्षा गर्दै आएको छ । प्रतिष्ठानले ५ हजार मात्र धेरै विद्यार्थी उत्पादन गरिसकेको छ । प्रतिष्ठानका उत्पादन उहिले विश्वभर पुगेर सेवा गरिरहेका छन् । धरानको विकासमा सधे उपेक्षा गर्दै आएको सरकारले धरानमा भएको प्रतिष्ठानलाई समेत छाता ऐनमा लगेर अस्पतालको रुपमा मात्र राख्न खोजेको देखिन्छ ।  प्रतिष्ठानले कोशी प्रदेश ,  मधेस प्रदेश सँगै भारतको विहारका बिरामीहरूलाई समेत सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर