Aamsanchar

पारिश्रमिक नपाएपछि झापाका चिया बगानका मजदुर आन्दोलित

Author Image
सोमवार, साउन ८, २०८०

झापा – मुलुकको व्यवस्था फेरियो तर अवस्था ज्युँकात्युँ छ। जनताका भोको पेट शासित वर्गबाट छटपटाइ रहेका छन्। गरिब गरिबमै मर्दैछ, धनी आलिसान महलमा विलासिता छ। सिंहदरबार गाउँगाउँमा छन्। विकासका डंका पिटिरहेका छन् ।विकास सँगै भ्रष्ट्रचार पनि मौलाउँदो छ। तर जनता जहाँको त्यही छन्। आज पनि जनताले श्रम गरेको पारिश्रमिक लिन आन्दोलन गर्नु पर्ने अवस्था छ। देशको अर्थतन्त्र धाराशयी भैरहेको छ। व्यवसाय ठप्प जस्तै छ। यसको प्रत्यक्ष असरमा जनता छटपटाइ रहेका छन।

झापाको झापा गाउँपालिका-२ मा रहेको कुवाडीदेवी टि स्टेट प्रालिमा काम गर्ने चिया बगानका मजदुरहरूले आफैँले काम गरेको पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन्। गत ४ महिना देखीको काम गरेको ज्याला अझै नपाएको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । टि स्टेटले पारिश्रमिक नदिदा जीवनयापनमा समस्या परेको उनीहरूले बताएका छन् ।

४ महिना देखी बगानमा काम गरेको पारिश्रमिक नपाएपछि आन्दोलनमा उत्रिन बाध्य भएको मजदुर सिता माझीले बताउनु भयो ।“हामी के खाएर काम गर्ने रुकसैको खेती छैन कसैको केही छैन हामीले कसरी काम गर्नु ? ’उहाँले भन्नुभयो ।

मालिकले पटकपटक ज्याला दिन्छु भनेर झुक्काएको मरियम मियाँनी बताउनु हुन्छ । “पापी पेटको सवाल छ ,पैसा नभए कति दिन काम गर्न सकिन्छ र” उहाँले भन्नुभयो ।

मजदुरका अगुवा जगन्नाथ पौडेलले जव सम्म कामदारले पारिश्रमिक पाउदैनन् तब सम्म काम ठप्प पारी आन्दोलन चलिरहने बताउनु भयो। उहाँले करिव यहाँ काम गर्ने १०० जना मजदुरले करिब ४० लाख भुक्तानी पाउन बाँकी रहेको बताउनु भयो । “शुक्रबार पनि मजदुरले ५ बजे सम्म काम गर्नुभयो तर बगानले शुक्रबार पनि रकम भुक्तानी गरेन ,पटकपटक ढाट्ने काम गर्नुभयो अब भने पारिश्रमिक नपाए सम्म काम ठप्प हुन्छ ’’ उहाँले भन्नु भयो ।

यता यस विषयमा टि स्टेटका सञ्चालक सुरेश अग्रवालले शुक्रबार भुक्तानी गर्नु पर्ने थियो तर आर्थिक वर्ष अन्त्यका कारण चेकबाट रकम निस्किन नसकेपछि भुक्तानी हुन नसकेको बताउनु भयो। ‘उहाँ हरूलाई सोमबार, मंगलबार भुक्तानी हुन्छ भनेकै हो, तर उहाँहरु आन्दोलित हुनुभयो, यसमा मेरै दोस होला’ अग्रवालले भन्नुभयो। अग्रवालले चेक सटही हुने बित्तिकै सोमबार नभए मंगलबार कामदारको पारिश्रमिक भुक्तानी गर्ने प्रतिवद्धता गर्नुभयो। झापा गाउँपालिकामा रहेको यो चियाबगान करिव ३०० बिगाहा क्षेत्रफलमा फैलिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर