Aamsanchar

कोशीका मुख्यमन्त्रीले भदौ ३ गते विश्वासको मत लिने

Author Image
शुक्रवार, भदौ १, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनको लागि सूचना दर्ता गराएका छन् । कोशी प्रदेश सभा सचिवालयमा दर्ता गराएको सूचनामा  भदौ ३ गते आइतबारको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने उल्लेख गरिएको छ।  नेपालको संविधानको धारा १६८ को उपधारा २  बमोजिम नियुक्त भएका थापाले संविधानको धारा १६८ को उपधारा ४ अनुसार  कोशी प्रदेश सभाबाट विश्वासको मत लिन चाहेकोले भदौ ३ गतेको कार्यसूची समावेश गर्न प्रदेश सभामा सूचना दर्ता गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

कोशी प्रदेश सभा नियमावली २०७४  पहिलो संशोधन सहित नियम १२८ को उपनियम १ र २ बमोजिम  विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्ताव प्रदेश सभामा पेश गरिएको छ।  कोशी प्रदेश सभामा सत्ता पक्षीय ४७ जना सांसद रहेका छन् ।  माओवादीबाट सभामुख भएका बाबुराम गौतमले राजीनामा दिएर आर्थिक मामिला तथा योजना मन्त्री भएपछि अहिले कोशी प्रदेशमा सभामुख रिक्त रहेको छ।  प्रदेशसभामा नेकपा माओवादीको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद छन्  ।

अहिलेको अवस्थामा कोशी प्रदेश सभामा उपसभामुखले सदन चलाउँदाको अवस्थामा सरकारले विश्वासको मत पाउन सक्ने भनिएको छ तर त्यसमा एमालेको भूमिकामा भर पर्ने देखिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर