Aamsanchar

लैङ्गिक हिंसा अन्त्यभएपछि जोडीहरू आत्मनिर्भर बन्न थाले  

Author Image
सोमवार, भदौ ११, २०८०

प्रतिकात्मक सांकेतिक तस्वीर । 

विराटनगर। विराटनगर महानगरपालिका ६ मंगलुवा टोलकी २४ बर्षिया रेखा पासवान र २६ बर्षिया उनका श्रीमान सुरज पासवान अनि २६ बर्षिया तुलसी पासवान र २९ बर्षिय श्रीमान चन्दन पासवानको पहिले सँधै झगडा परिरहन्थ्यो । सँधै हुने घरेलु झगडाले गर्दा रेखा र तुलसी हिंसा सहन बाध्य थिए भने  उनीहरूका श्रीमानको रोजगार पनि भरपर्दो हुन सकेको थिएन । तर आजकल उनीहरूको घर झगडा पनि हुन छाडेको छ । श्रीमान हरुले  भरपर्दो रोजगार पनि थालेका छन । रेखा मासु पसल चलाउँछिन् भने उनका श्रीमान सिटी रिक्सा कुदाउँछन् । श्रीमतीलाई सघाउँछन् । यस्तै तुलसीले कपडा व्यापार गर्न थालेकी छन ।

विराटनगर १५ भट्टाचौककी २८ बर्षिय पुनम साह आजकल ब्युटीपार्लर चलाउँछिन् । उनका श्रीमान जयप्रकाश नास्ता पसल गर्छन । सोही ठाउँकी २५ बर्षिया माला खातुनले पसल खोल्ने तयारी गरिरहेका छन ।पहिले बेरोजगार बस्न रुचाउने उनका श्रीमान ३२ वर्षीय सिकन्दर मियाँले  सिटी चलाउन थालेका छ । पहिले सँधै आपसमा झगडा गरिरहने यी दुवै दम्पतीहरू आजकल छोराछोरीलाई पालो पालो स्कुल लाने ल्याउने  पनि गर्छन ।

माथि प्रस्तुत भएका रेखा र सुरज , तुलसी र चन्दन अनि पुनम , जयप्रकाश , माला र सिकन्दरको जोडी प्रतिनिधिमूलक मात्र हुन । उनीहरु जस्तै सँधै झगडा गरिरहने तर पछि आपसी विश्वास बढेर रोजगारमा उत्प्रेरित भएका र भैसकेका  युवा दम्पतीहरू अरु पनि धेरै छन ।

तर यो सबै त्यत्तिकै भएको हैन । यसमा विराटनगरमा साझा सवालका लागि साझा मञ्चच ९कोकन० ले समुदायमा हुने हिंसा अन्त्यगर्न सञ्चालन गरिरहेको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले गर्दा सम्भव भएको हो । कोकनले विराटनगर महानगरको ६ र १५ नम्बर वडाका  विगत डेढ वर्ष देखी विवाह गर्ने २९ वर्षसम्मका युवा जोडीहरूलाई सहभागी गराएर  भैरहेको घरेलु हिंसा अन्त गराउने अभियान सञ्चालन गरिरहेको छ । जसले गर्दा विवाहित जोडीहरू मा हुने झैझगडा कम भएपछि महिलाहरूले पनि समाजिक र शारीरिक हिंसा भोग्नुपर्ने बाध्यता हटेको छ । आफ्ना समस्याहरूमा निरन्तर सामूहिक रुपमा छलफल गर्न थालेपछि उनीहरूमा आत्मविश्वास बढेर रोजगारतर्फ अग्रसर हुन थालेको र सेवा प्रदायक सरोकारवालाहरुकोमापनि जान सुरु गरेको सामुदायिक स्वयंसेवकहरू  उदिप मण्डल र ईश्वरी खड्का बताउँछन ।

अभियानमा सहभागी हुन थालेपछि श्रीमानहरुमा झुटो बोल्ने वानी हट्न थालेको र आपसमा समझदारी बढेको विराटनगर ६ की २६ बर्षिया रविना पासवान बताउँछन । पहिले सँधै शंका गरेर गालीगलौज गर्ने र घरबाट कतै जान नदिने रविना आजकल घरबाहिर निस्केर हाटबजारमा व्यापार गर्न थालेकी छन । सुकुम्बासी टोलका संजिता साह र दिपक साह अनि सुरज पोद्दार र सरिता पौद्दार पनि घरेलु हिंसा अन्त्यबारे को छलफलमा सहभागी भएपनि आफूहरूले पनि धेरै कुरा बुझ्न जान्न पाएकोले अन्याय सहनु हुदैन र आफै आत्मनिर्भर बन्नुपर्छ भन्ने आत्मविश्वास बढाएको बताउँछन । उनीहरूका अनुसार लैङ्गिक हिंसा अन्त गर्ने छलफल अभियानले जोडीहरूका  काममा साझेदारी गर्नुपर्छ भन्ने भावना पनि बढेको छ । साथै महिलाले घरमा बसेर छोराछोरीको हेरचाह गर्दै घरधन्दा मात्र गर्नुपर्छ भन्ने गलत समाजिक मान्यता पनि हट्दै गएको छ । यति मात्र हैन छलफलमा सहभागी भएका २० जोडीहरूले आफ्नो समाजमा हुने घरेलु हिंसा , बालविवाह र जातीय विभेद अन्त्य गराउन पनि सहयोग गर्न थालेका छन । घरछिमेकमा घरेलु हिंसा भयो भने प्रहरी र सेवाप्रदायक निकायहरूलाई उनीहरूले सूचना पनि दिने गरेका छन ।

स्वयंसेवक उदिप मण्डलका अनुसार विराटनगर ६ र १५ मा रहेका २९ वर्ष सम्मका विवाहित २० जोडीहरूलाई उनीहरूले नजिकै रहेको विद्यालय , मन्दिर वा सामुदायिक केन्द्रमा हरेक हप्ता बिहान ६ देखी ८ बजेसम्म भेला गर्छन । छलफलमा सहभागी हुँदा केही रकम पनि प्राप्त हुने भएकोले दुई घण्टाका लागि जोडीहरू खुसी हुँदै आउँछन् । जोडीहरू भेला भैसकेपछि पहिले महिला र पुरुष स्वयम्‌सेवकहरूले महिला र पुरुषसँग अलग अलग कुराकानी गरेर समस्याहरू बुझछन । त्यसपछि  विभिन्न अतिरिक्त क्रियाकलाप र चित्रहरूबाट घरेलु हिंसाका बेफाइदाबारे बुझाउदै जीवन उपयोगी शिक्षा पढाउँछन् । जसले गर्दा विस्तारै पहिले हिंसामा संलग्न जोडीहरुमा परिवर्तन आउन थाल्छ र नेतृत्व पनि  विकास हुन थाल्छ ।

खराब सामाजिक मूल्यमान्यताले गर्दा समुदायमा हुँदै आएको लैङ्गिक हिंसालाई अन्त्य गराउन अभियान सफल हुँदै गएको फिल्ड संयोजक अशोक थापा बताउँछन । उनका अनुसार जबसम्म समुदायभित्र छिरेर समस्या पहिचान गरि समाधानको पहल गरिदैन तबसम्म समाजमा भित्रीरुपमा हुँदै आएको लैङ्गिक हिंसा अन्त्य गर्न सम्भव छैन । उनी लैङ्गिक हिंसा अन्त गराउनका लागि सबै पालिकाहरूले वडा कार्यालयहरू मार्फत टोल टोलमा अभियानहरू सञ्चालन गर्नुपर्नेमा जोड पनि दिन्छन् । भनछन र्, लैङ्गिक हिंसा बाहिरी रुपमा न्यूनिकरण भएपनि सीमान्तकृत समुदाय र गरिबहरूमा कायमै छ । यसैले पनि समुदाय भित्रै छिरेर हिंसा अन्त्य गराउने अभियान प्रभावकारी हुन्छ ।’

अभियानका संयोजक कृष्णकुमार राईका अनुसार समुदायमा हुँदै आएको हिंसा अनत्य गराउन संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ९ युएनएफपिए ० को सहयोगमा लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना सञ्चालनमा आएको हो । यो परियोजना अनुसार सञ्चालन भएको अभियानले लैङ्गिक विभेद र हिंसाले पीडित महिला र पुरुष मात्र नभएर उनीहरूको परिवार अनि सेवा प्रदायक हरुसँग संवाद गरेर समस्या समाधान गराउने गर्दछ । यसका लागि संस्थाबाट खटिएका सामुदायिक स्वयम्‌सेवकहरूले सहजिकरण गरिदिन्छन् । जसले गर्दा महिला र युवा जोडीहरूले न्याय दिने निकायहरू न्यायिक समिति , वडा कार्यालय , जनप्रतिनिधि , प्रहरी , स्वास्थ्य स्वयंसेविका, शिक्षक , स्वास्थ्यकर्मी , अस्पताल , र संकट व्यवस्थापन केन्द्र र पुनर्स्थापना गृहदेखि लैङ्गिक हिंसा कोषदेखि भएका आधारभुत कानुनहरूबारे पनि जानकारी पनि प्राप्त गर्दछन् । यसैले उनीहरूले गाउँघरमा हिंसा भएमा सूचना मात्र दिनेमात्रै हैन आफै अघि सरेर सहजिकरण पनि गरिदिने गरेका हुन ।

जनसंख्या  स्वास्थ्य सर्वेक्षण सन २०१६ का अनुसार नेपालमा १५ देखी ४९ वर्षका ५ जना मध्ये १ जना महिलाले प्रत्यक्ष हिंसा भोग्छन् । ४ जना मध्ये १ जनाले श्रीमानबाट कुटाई खान्छन् । एक सयमा ३१ जना पुरुष श्रीमती कुटनु पर्छ भन्ने चाहन्छन् । हिंसा भोगिरहेका ६६ प्रतिशत महिलाहरूले प्रतिरोध नै गर्दैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)