सुनसरीको एउटा जुत्ताचप्पल कारखानामा तीन वर्षदेखि काम गर्दै आएकी पार्वती थारू (परिवर्तित नाम) ले सुत्केरी भएपछि जागिरै गुमाउनु पर्यो।
श्रम ऐनमा रोजगारदाताले श्रमिकलाई धर्म, वर्ण, लिङ्गको आधारमा भेदभाव गरिने छैन भनी स्पष्ट उल्लेख गरेको छ । त्यस्तै रोजगारदाताले गर्भवती महिला श्रमिकलाई विश्रामको लागि समय दिनुपर्ने, १४ हप्ता बिदा र यस अवधिको पूरै पारिश्रमिक, एक महिनासम्म बेतलबी बिदा, बच्चा जन्मेको ६० दिन नपुग्दै आमाको मृत्यु भएमा श्रमिक कार्यरत संस्थाबाट शिशु स्याहारको लागि पारिश्रमिक सहित बाँकी अवधिको बिदा, तीन वर्ष मुनिको शिशुको आमा श्रमिक भए शिशुलाई स्तनपान तथा हेरचाहका लागि रोजगारदाताले विश्रामको समय बाहेक आधा घण्टा थप समय दिनुपर्ने व्यवस्था उल्लेख छ । त्यसरी प्रदान गरिएको थप विश्रामको समयलाई काम गर्ने समयमा गणना गरिने ऐन तथा नियमावलीमा उल्लेख छ ।
तर सुनसरी मोरङ औद्योगिक करिडोरका महिला श्रमिकहरूले सुत्केरी भएपछि माथि उल्लेखित सुविधा हैन जागिर नै गुमाउनु परेको गुनासो गरेका छन् । कोशी प्रदेशका दुई जिल्ला सुनसरी र मोरङमा पर्ने औद्योगिक करिडोरमा सञ्चालित करिव ६०० उद्योगमा ३५ प्रतिशत महिला कामदार छन् । उद्योग संगठन मोरङको तथ्यांक अनुसार ३० हजार महिला मजदूरहरू कार्यरत छन् । यसले पनि उद्योगहरूमा महिला कामदारको उपस्थिति राम्रो देखाउँछ । उद्योग क्षेत्रमा महिला कामदार हरूको उपस्थिति उल्लेखनीय भए पनि श्रम ऐनको पालना भने कमै हुने गरेको पाइन्छ । यसको ज्वलन्त उदाहरण ६०० कारखानामा कार्यरत अधिकांश महिला हुन् जो खुलेर सञ्चारमाध्यममा आफ्नो नाम उल्लेख गर्न चाहँदैनन् ।
सुनसरी मोरङ औद्योगिक करिडोरका कतिपय उद्योगहरूमा पुरुष भन्दा धेरै महिला कामदार रहेको पाइन्छ । धेरैजसो उद्योगमा महिला र पुरुषहरूको संख्या बराबरी छ । जुत्ताचप्पल कारखाना, झुल उद्योग, स्यानिटरी प्याड, मास्क उद्योगहरूमा महिलाहरूको संख्या धेरै रहेको उद्योग संगठन मोरङले जनाएको छ । बढी श्रम गर्नुपर्ने डन्डी र पाइप उद्योग, आइरन इण्डष्ट्रिजहरूमा भने महिलाहरूको संख्या कम छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरूमा महिलाहरूको लागि कुनै त्यस्तो व्यवस्था गरिएको छैन जहाँ महिलाहरूले स्तनपान गराउन अलग्गै कोठाको व्यवस्था गरिएको होस् । नेपाल सरकारले तीन महीना सुत्केरी बिदा दिदै आए सरह यी उद्योगहरूमा पनि बिदा दिइन्छ तर उनीहरूले थप बिदा पाउँदैनन् । कतिपय महिलाहरूलाई बिदाको तलब भत्ता समेत उपलब्ध गराइँदैन भने सामाजिक सुरक्षा कोषको रकम समेत नपाएको गुनासो महिला मजदूरहरूले गरेका छन् । प्रजनन स्वास्थ्य तथा यौन शिक्षाको विषयमा उद्योगहरूमा कहिल्यै पनि महिलाको छलफल र अन्तरक्रिया नभएको यी उद्योगमा कार्यरत महिला मजदूर हरूले बताए जबकि सबैभन्दा बढी प्रजनन स्वास्थ्य र यौन शिक्षा बारे सचेतनाको आवश्यकता मजदुर महिलाहरूलाई छ । कैयौँ मजदुर महिला सुत्केरीपश्चात् जागिर नै छोड्नुपर्ने अवस्थामा पुग्छन्। कानून, ऐन र नियमहरूमा उल्लेखित प्रावधान थाहा भएको भए उनीहरू यो किसिमको जोखिमबाट बच्थे ।
पार्वती (परिवर्तित नाम) का श्रीमान् पनि उद्योगमै मजदूरी गर्छन् । सानो नानीलाई लिएर उद्योगमा जाने व्यवस्था नभएपछि पार्वतीले जागिरै छोडिन् । उद्योगमा स्तनपान गराउने ठाउँ नभएका कारण धेरैजसो महिला सुत्केरीपछि जागिर गुमाएर बसेका छन् । पार्वतीको विवाह भएको ८ वर्षपछि दुईवटा सन्तानको जन्म भयो । सुत्केरी पछि जागिर खोज्न पुनः पहिलेको उद्योग धाइन् तर उनलाई काममा राखिएन । दुईवटा छोराछोरीको पालनपोषण गर्न र घरपरिवार चलाउन श्रीमान्को कमाइले मात्र नपुग्ने भएकाले आफूले पनि काम गर्न खोजेको तर उद्योगहरूले नराखेको समस्या बताइन् । उनले भनिन्, ‘विस्तारै नानीहरू ठूला हुँदैछन् उनीहरूको खर्च बढ्दै जान्छ काम नगरे कसरी हुर्काउने ? धेरै वर्षदेखि काम गर्दै आएको पुरानै उद्योगमा काम माग्न गएको दिएन, ‘ अब नयाँ उद्योगमा काम पाउन पनि गाह्रो हुन्छ, छोराछोरी हुर्काउन समस्या हुने भयो ।’ ‘पार्वतीलाई लामो समयपछि सन्तानको सुख मिल्यो तर काम नपाउँदा समस्या भएको छ । उनले थपिन्, उद्योगमा पनि काम खोज्न जान्छु तर अहिलेको मन्दीको कारण कुनै पनि उद्योगले कामदार राख्न मान्दैनन्, फेरि सानो नानी छ भनेपछि झनै राख्दैनन् ।’
सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेका गार्मेन्ट, स्यानिटरी प्याड, जुट मिल, जुत्ताचप्पल कारखाना, अगरबत्ती बनाउने उद्योग, झुल उद्योग लगायतका उद्योगहरूमा कार्यरत महिलाहरूले प्रसूति अवस्थामा जागिर नैं छोड्नुपर्ने अवस्था रहेको छ । महिलाहरूले बढी रोजगारी पाउने यस्ता उद्योगहरूमा प्रसूतिका कारण रोजगारी नै खोसिन थालेपछि धेरै महिला बेरोजगार बनेका छन् भने परिवार पाल्न समेत धौ–धौ परेको छ । हाल औद्योगिक क्षेत्रका महिलाहरूले सरकारले दिए सरह सुत्केरी बिदा दिनुपर्ने माग राख्दै आएका छन्। सुत्केरी पछि केही महीना वेतलबी बिदा, पुनः पुरानै उद्योगमा काम दिनुपर्ने, स्तनपान गराउन छुट्टै कोठाको व्यवस्था गरिदिनुपर्ने माग गर्दै आएका छन् ।
पार्वती जस्तै सीता मगर (परिवर्तित नाम) को पनि सुत्केरी भएकै कारण उद्योगमा गर्दै आएको मजदुरी खोसिएको छ । उनले सुत्केरी हुने बेलासम्म जसोतसो उद्योगमा मजदुरी गरिन् तर सुत्केरी पछि उद्योगले काममा बोलाएन सानो नानी च्यापेर आँखाभरी आँशु पार्दै उनले भनिन्, “सुत्केरीपछि जागिर गयो, श्रीमान् मजदूरी गर्नुहुन्छ एक जनाको कमाइले नानी हुर्काउन र पढाउन समस्या भएको छ । पहिलो बच्चा स्कूल जाने छ यो सानो नानी लिएर काम गर्न जाँदा कुनै उद्योगल काम दिदैन । ” यस्तै कारखाना र उद्योगहरूमा काम गर्ने महिलाहरूलाई सरकारले तत्काल सामाजिक सुरक्षा कोषमा समावेश गराएको छ तर धेरै महिला श्रमिकले बीचमा नै काम छोड्नुपर्ने बाध्यताका कारण सो सेवा पाउनबाट वञ्चित छन् ।ठूला हुँदैछन् उनीहरूको खर्च बढ्दै जान्छ काम नगरे कसरी हुर्काउने रु धेरै वर्षदेखि काम गर्दै आएको पुरानै उद्योगमा काम माग्न गएको दिएन, ‘म अब नयाँ अब नयाँ उद्योगमा काम पाउन पनि गाह्रो हुन्छ, छोराछोरी हुर्काउन समस्या हुने भयो ।’ ‘ पार्वतीलाई लामो समयपछि सन्तानको सुख मिल्यो तर काम नपाउँदा समस्या भएको छ । उनले थपिन्, उद्योगमा पनि काम खोज्न जान्छु तर अहिलेको मन्दीको कारण कुनै पनि उद्योगले कामदार राख्न मान्दैनन्, फेरि सानो नानी छ भनेपछि झनै राख्दैनन् ।’
सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेका गार्मेन्ट, स्यानिटरी प्याड, जुट मिल, जुत्ता९चप्पल कारखाना, अगरबत्ती बनाउने उद्योग, झुल उद्योग लगायतका उद्योगहरूमा कार्यरत महिलाहरूले प्रसूति अवस्थामा जागिर नैं छोड्नुपर्ने अवस्था रहेको छ । महिलाहरूले बढी रोजगारी पाउने यस्ता उद्योगहरूमा प्रसूतिका कारण रोजगारी नै खोसिन थालेपछि धेरै महिला बेरोजगार बनेका छन् भने परिवार पाल्न समेत धौधौ परेको छ । हाल औद्योगिक क्षेत्रका महिलाहरूले सरकारले दिए सरह सुत्केरी बिदा दिनुपर्ने माग राख्दै आएका छन्। सुत्केरी पछि केही महीना वेतलबी बिदा, पुनः पुरानै उद्योगमा काम दिनुपर्ने, स्तनपान गराउन छुट्टै कोठाको व्यवस्था गरिदिनुपर्ने माग गर्दै आएका छन् ।
पार्वती जस्तै सीता मगर ९परिवर्तित नाम० को पनि सुत्केरी भएकै कारण उद्योगमा गर्दै आएको मजदुरी खोसिएको छ । उनले सुत्केरी हुने बेलासम्म जसोतसो उद्योगमा मजदूरी गरिन् तर सुत्केरी पछि उद्योगले काममा बोलाएन सानो नानी च्यापेर आँखाभरी आँशु पार्दै उनले भनिन्, “सुत्केरीपछि जागिर गयो, श्रीमान् मजदुरी गर्नुहुन्छ एक जनाको कमाइले नानी हुर्काउन र पढाउन समस्या भएको छ । पहिलो बच्चा स्कुल जाने छ यो सानो नानी लिएर काम गर्न जाँदा कुनै उद्योगले काम दिदैँन ।” यस्तै कारखाना र उद्योगहरूमा काम गर्ने महिलाहरूलाई सरकारले तत्काल सामाजिक सुरक्षा कोषमा समावेश गराएको छ तर धेरै महिला श्रमिकले बीचमा नै काम छोड्नुपर्ने बाध्यताका कारण सो सेवा पाउनबाट वञ्चित छन् । सुनसरी मोरङ औद्योगिक क्षेत्रमा धेरैजसो महिला दिनभरि मजदुरी गरेर बेलुकाको छाक टार्ने गर्दछन् । मोरङका उद्योगहरूले उनीहरूको बारेमा छुट्टै नीति ल्याएको छैन । धेरैजसो उद्योगमा काम गर्ने महिलाहरू खुलेर विरोध गर्न सक्दैनन्, उनीहरू आफ्नो काममा अवरोध आउने डरले पनि सबै कुरा भन्न सक्दैनन् । कतिपय उद्योगहरूमा महिलाहरूको लागि छुट्टै शौचालयको समेत व्यवस्था गरिएको छैन । कुनै उद्योगहरूमा शौचालयको व्यवस्था भए पनि सरसफाइ नभएको उनीहरूको गुनासो छ । घरबाटै बोकेर लगेको खाना खाने ठाउँको कुनै व्यवस्था छैन, बाहिर बसेर खानुपर्ने साना नानीहरू भएका महिलाहरूले त खुल्ला आकाश मुनि नै स्तनपान गराउनुपर्ने अवस्था छ। त्यस्तै जुत्ताचप्पल कारखानामा कार्यरत सावित्री थारू (परिवर्तित नाम) ले पनि सुत्केरी भएकै कारण मजदुरी छोड्नु परेको सुनाइन् । उनले भनिन्, ‘पहिलो नानी स्कुल जाने भइसक्यो, श्रीमान्ले गाडी चलाउँछन् पहिलो नानी हुँदा धेरै दुःख पाएँ छुटेको काम धाउँदा धाउँदा सुत्केरी बल्ल पाएँ। नानी जन्मिएको आठ महीना भयो घरमा बच्चा हेर्ने कोही छैन । छोरीको स्कुल छुटाउनुभएन त्यसैले काम गर्न गएको छैन अब जाँदा काम दिदैनन् होला ।’ उद्योगमा स्थायी भइसकेको भए पनि बिदा लिने बेलामा जम्मा ७० रुपैयाँ मात्र पाएको बताइन् । कागजमा ७० रुपैयाँलाई ७० हजार बुझ बैंक जाँदा त ७० रुपियाँ मात्र रहेछ । उद्योगहरूले कुनै सेवासुविधा नदिएकै कारण अब उद्योगमा काम गर्ने सोच त्यागेको र आफ्नै सानोतिनो पसल सञ्चालन गरेर बस्ने विचार गरेको बताइन् ।
जुत्ताचप्पल कारखानामा काम गर्ने रुसी चौधरी (परिवर्तित नाम) ले दोस्रो नानी जन्माउँदा काम छुट्ने डरले स्कूल जाने छोरीलाई तीन वर्षसम्म स्कूल छुटाएर सुत्केरी भएको तीन महीनापछि पुनः आफू काममा फर्केको सुनाइन् । यदि उद्योगहरूमा बच्चा हेर्ने व्यवस्था भइदिएको भए उनले आफ्नो छोरीको पढाइ छुटाउनुपर्ने थिएन । अहिले नानी हुर्कियो, ढिलो भए पनि छोरी र छोरा दुवैलाई स्कूल पठाउँछिन् । आफू र श्रीमान् दुवैले मजदूरी गरेर घर चलाएको बताइन् । रुसीले भनिन्, “पहिलो नानी हँदा धेरै दुःख पाएँ, तीन महीनाको विदाले नपुग्ने तर थप बिदा दिएन उद्योगले । त्यो वेला मजदूरको बारेमा बोल्ने संघ(संगठनहरू थिएनन् अहिले विभिन्न संघ(संगठन भएका कारण मजदूरहरूलाई सहज भएको छ।’ उद्योगहरूमा होस् या कुनै कन्स्ट्रक्सनमा महिला र पुरुषको ज्यालामा पनि विभेद रहेको मजदूर महिलाहरूको गुनासो छ । पुरुषको ज्याला ८०० र महिलाको ४५० देखि ५०० सम्म छ । समान कामको समान पारिश्रमिक महिलाहरूको माग छ । अधिवक्ता कला तिर्ताल पुरुष सरह महिलालाई सेवा९सुविधा रहेको र समान कामको समान ज्याला हुनुपर्ने प्रावधान रहेको बताउँछिन् ।
तर उद्योग सञ्चालकहरूको तर्क भने यस्तो छ “उद्योगहरूले दैनिक उत्पादन गर्नुपर्ने हुन्छ, कामदारलाई बिदा दिएर कसरी उत्पादन गर्न सक्छ ? एउटा कामदारले छोड्यो भने त्यो ठाउँमा अर्को कामदार बाध्यताका कारण पुरानो कामदार पुनस् दोर्याएर काममा आजको समस्या हुन्छ ।’ तीन महीना बिदा दिने प्रावधान रहे पनि बजारसँगको प्रतिस्पर्धाको कारण उद्योगको आफ्नै व्यावहारिक बाध्यता रहेको उद्योग सञ्चालकहरू बताउँछन् ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले नेपाल सरकारले गरेको व्यवस्था अनुसारै प्रबन्ध गरिएको महिला र पुरुषमा कुनै विभेद नगरिएको बताए । उनले कोरोना संक्रमणको बेलामा मास्क बनाउने, स्यानिटाइजर प्याकिङ गर्ने जस्ता काममा महिलाहरूलाई लगाएको जानकारी दिँदै महिलाहरूलाई उद्योगहरूले सुत्केरी बिदा दिने गरेको र सरकारी सरह सेवा दिने गरेको दाबी गरे। तर श्रमिक महिलाहरूले आफूहरूलाई तोकिए अनुसार तीन महीना बिदा दिए पनि बेतलबी बिदा दिएको गुनासो गर्छन्।
स्तनपान गराउने छुट्टै कोठा नभएका कारण जागिर छोडेको बताउने महिला श्रमिक थुप्रै छन् । श्रमको न्याय कहाँ पाइन्छ भन्नेसम्म उनीहरू जानकार नभएकै कारण उजुरी गर्न नगएको र काम गर्ने उद्योगमा गुनासो सुन्ने कुनै निकाय नभएको, व्यवस्थापनसम्म सीधै कामदारको सम्बन्ध नभएको कारण बिचौलिया मार्फत जानुपर्ने भएकाले न्याय नपाएका हुन्। तर उद्योगीहरू भने त्यो मान्दैनन् । उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयस प्याकुरेल भन्छन्, ‘सरकारले निर्धारण गरेको बाहेक हरेक उद्योगले आफू अनुकूल सेवासुविधा निर्धारण गरेका छन् र श्रम ऐनमा उल्लेख गरे बमोजिम सेवा, सुविधा, बिदा दिँदै आएको र महिला पुरुषको ज्याला समेत समान रहेको बताए । ’
यस क्षेत्रमा सञ्चालित उद्योगहरूमा प्रजनन तथा यौन शिक्षा सम्बन्धी छुट्टै छलफल र कुनै कार्यक्रम हुने नगरेको उद्योगी प्याकुरेल र रिजालले बताए । अध्यक्ष रिजालले भने, “उद्योगभित्र त्यस्तो कुनै किसिमको कार्यक्रम भएको छैन बाहिर कुनै संघसंस्थाहरूले मजदूर सहभागी हुन पठाइदिनु भन्दा पठाउने गरेका छौं ।” अर्का उद्योगी प्याकुरेल भन्छन्, “कुनै पनि उद्योगहरूमा यस विषयमा खासै छलफल तथा कार्यक्रमहरू भएको छैन । ‘मजदूर महिलाहरू पनि उद्योगहरूले प्रजनन तथा यौन शिक्षा सम्बन्धी कुनै कार्यक्रम या छलफल नगरेको बताउँछन् । उद्योगमा काम गर्न आउने महिलाहरूलाई मात्र होइन पुरुषहरूलाई पनि यस विषयमा जानकारी गराउनुपर्ने उनीहरूको भनाइ छ ।’