बिर्तामोड । गत कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पको कारण ठुलो जनधनको क्षति पुगेको छ । भुकम्प गएको करिव एक महिना बित्न लाग्दा सम्म अझै धेरै पीडितहरूले राहत पाइसकेका छैनन् । सरकारी स्तरबाट उपलब्ध गराउने राहत वितरण पनि प्रभावकारी बन्न सकेको छैन । विभिन्न संस्था तथा व्यक्तिहरूले उपलब्ध गराएको राहत पनि सरकारी प्रक्रियाको गाँठोका कारण लक्षित पीडित बर्गहरू समक्ष राहत पुग्न सकिरहेको छैन । यातायातको पहुँच भएको स्थानहरूमा राहत पुगेपनि दुर्गम गाउँहरूमा अझै पीडितहरू राहतको आसमा प्रतीक्षारत रहेका छन् ।

अहिले जाडो बढ्न थालेपछि त्यहाँको जनजीवन झन कष्टकर बन्दै गएको छ । पीडितले सिधै राहत पाउन बाट स्थानीय सरकारले पनि रोक लगाएको छ । पालिकाबाट वितरण भइरहेको पाल, लत्ताकपडाहरू पहुँचको आधारमा वितरण भएको राहत पाउन नसकेका पीडितहरूको गुनासो रहेको छ ।




संस्था मार्फत बन्ने १५ वटा टेन्ट सुत्केरी, बिरामी, ज्येष्ठ नागरिक र बालबालिका भएको परिवारलाई लक्षित गरेर टेन्ट निर्माणको काम भइरहेको छ । हालसम्म सो क्षेत्रमा जाडोबाट बच्न सक्ने गरिको ६ वटा सुरक्षित टेन्ट निर्माण गर्न सफल भएको श्रमदानमा खटिएका शरद जोशीले जानकारी दिएका छन् ।

१०–१० साइजको टेन्ट का सँगै ओड्ने, ओछ्याउने लुगा पनि संस्थाले उपलब्ध गराई रहेको छ ।
भुकम्प र पटक पटक आएको पराकम्पनबाट घरहरू कमजोर र चर्किएका छन् । घरमा बस्ने अवस्था रहेको छैन । जीवन जोगाउन बाख्रा गोठमा सामान्य पालमुनि पीडितहरू रात काट्दै आएका छन् ।
आरएसके सेल्टरले गोठमा बस्तै आएका तिन महिनाका चारजना सुत्केरी हरु लाई टेन्टमा राखी सकेको छ । अरु थप ९ वटा टेन्ट निर्माणको काम भइरहेको श्रमदाता विष्णु आचार्यले आमसंचारलाई बताए । 

