Aamsanchar

मेची राजमार्गबाट एक किलो मिटर भित्र सूर्योदय र सूर्यास्त हेर्न सकिने रमणीय गुफाडाँडा 

Author Image
मङ्गलवार, मंसिर १९, २०८०

बिर्तामोड । इलाम उत्कृष्ट पर्यटकीय गन्तव्यहरू भएको जिल्लामा पर्दछ । इलाममा खासगरी सूर्योदय हेर्नको लागि दर्जनौं डाडाँहरु रहेका छन् । इलाममा मुख्य गरि राम्रो सँग सूर्योदय हेर्नको लागि सन्दकपुर, श्रीअन्तु डाडाँ प्रमुख स्थलहरू हुन भने यस्तै सूर्योदय अवलोकन गर्नको लागि विभिन्न स्थानमा धेरै डाडाँहरु रहेका छन् । धेरै उच्च डाडाँहरु भने उचित प्रचार हुन नसक्दा पर्यटकहरू जानकार बन्न सकेका छैनन् ।
उत्तर-दक्षिण मेची राजमार्ग छोडेर सूर्योदय हेर्न सकिने डाँडाहरु पुग्न कतै घण्टौँ सम्म समय लाग्ने  छ भने कतै ४ देखि ५ किलो मिटर दूरी पार गरेर पुग्नु पर्ने हुन्छ ।

इलाम नगरपालिका वडा नम्बर ३ चैते भन्ने ठाउँ मा रहेको गुफाडाँडा भने १ किलो मिटर दूरी भित्रमा पुग्न सकिन्छ । अत्यन्तै रमणीय सूर्योदय हेर्न सकिने गुफाडाँडाको उचित प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको छ ।
अम्रिसो, स्कुस, अलैँचीलगायतका वालीनलीहरु अवलोकन गर्दै करिव १० मिनेटको उकालो चढ्दा गुफाडाँडा सहजै पुग्न सकिन्छ । राजमार्गबाट नजिकै रहेको २९ सय मिटरको उचाइ रहेको गुफाडाँडा क्षेत्रमा अलौकिक विशेषताहरू रहेको छ । सूर्योदय मात्र होइन सूर्यास्त झन राम्रो सँग देखिन्छ । सूर्यास्तको वेला छरिएको पहेँलपुर सूर्यको प्रकाशले राँके बजार, पौवा भन्ज्याङ माथिको डाँडा, पाटेनागी लगायतका क्षेत्रहरू चम्किने गरेको छ । गुफाडाँडाबाट तराईका शहरहरू दमक, उर्लाबारी, इलामको रवि, तेह्रथुम बजार लगायतका बजारहरू प्रस्ट सँग निहाल्न सकिन्छ ।

चैते गाउँ सुनुवार (मुखिया) जातीको बाहुल्यता रहेको गाउँ हो । लगभग एकीकृत रुपमा १ सय ५० भन्दा धेरै मुखिया जातीहरूको घरहरू रहेको छ ।  सनातनी, प्रकृति पूजक जाती मुखिया आफ्नै भाषा संस्कृति भएको जाती हो । चैतेमा सुनुवार जातीको अध्ययन गर्न जाती, संस्कृति अध्ययन कर्ताहरू पुग्ने गरेका छन् ।
चैते गाउँ कृषिमा आधारित गाउँ हो । मौसम तथा बेमौसमी तरकारी फलफूल उत्पादनको ठुलो हिस्सा ओगट्दै आएको चैते गाउँले कृषि तथा पशुपालन व्यवसायमा क्रान्तिको बिकुल फुकिरहेको छ ।
कृषि वन वातावरणको अध्ययनको लागि पनि उपयुक्त स्थानमा पर्छ चैते गाउँ ।

चैते गाउँ, गुफाडाँडा काहाबाट पुग्न सकिन्छ ?
झापा र ताप्लेजुङ जिल्लालाई जोडने  सुदूर पूर्वको मुख्य पहाडी मार्ग हो मेची राजमार्ग । झापाको चारआलीबाट करिव १५० किलो किटरको दूरीमा पुग्न सकिन्छ गुफाडाँडा । मोटरसाइकलको यात्रागर्दा चारआलीबाट करिव ३ घण्टा र चारपाङ्ग्रे सानो सवारीबाट भने करिव ३ घण्टा ३० मिनेटमा गुफाडाँडा पुग्न सकिन्छ ।

चारआलीबाट उत्तरमा पर्ने बुधबारे, कुटीडाँडा, कन्याम, फिक्कल, इलाम बजार, विव्ल्याटे, नेपालटार, रक्से बजार कटेपछि बाघखोर बजार आउँछ । बागखोर बजार देखि करिव १ किलो मिटर अगाडि पुगेपछि दायाँ तर्फ जाने कच्ची बाटो भेटिन्छ । त्यही बाटोबाट १ किलो मिटरको दूरीमा चैते गाउँ पुगिन्छ । चैतेमा पुगेपछि फुफाडाँडा आखाकै अगाडि ठडिएको भेटिन्छ ।

चैते गाउँ गुफाडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । कच्ची नै भएपछि बाटोको स्तर उन्नति गरिएको छ । विद्युत, टेलिफोन र इन्टरनेट र खानेपानीको राम्रो प्रबन्ध भएको चैतेमा डिपी मुखियाले अनौपचारिक रुपमा होमस्टे सेवा सुरु गरेका छन् । चैतेमा आउले आगन्तुकहरूलाई सेवा सत्कार गर्न चैतेका दर्जनौँ घर परिवारका सदस्यहरू आतुर रहेको वडाध्यक्ष हेमन मुखियाले आमसंचारलाई बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर