Aamsanchar

चम्किलो रक्से चौकी 

Author Image
मङ्गलवार, मंसिर २६, २०८०

बिर्तामोड । इलाम जिल्लामा पर्ने मेची राजमार्ग हुँदै ओहोर–दोहोर गर्ने यात्रीहरूले झापा–इलाम जिल्लाको सिमा जोरकलस देखि इलाम–पाँचथर जिल्लाको सिमा क्षेत्रको बजार राँके सम्म सडक छेउ दायाँबायाँ नेपाल प्रहरीले सेवा दिने ठाउँ इलाका र चौकीहरू दर्जनौं पर्छन् । तर ति इलाका प्रहरी कार्यालय र चौकीहरूमा धेरैको नजर नै पर्दैन किन कि प्राय प्रहरीका इलाका र चौकीहरू जीर्ण र कच्ची रङ्गरोगन उडेको अवस्थाका रहेका छन् । इलाका प्रहरी कार्यालयहरूको  संरचना अलि व्यवस्थित  रहे पनि चौकीहरूको भौतिक संरचनाको अवस्था कमजोर नै रहेको पाइन्छ ।

इलाम नगरपालिका स्थित रक्से प्रहरी चौकीले भने धेरैको ध्यान खिच्ने गरेको छ । भवनको संरचना कमजोर भएपनि चम्किएको रङ्गरोगन, फूलबारी, वृक्षरोपण, सुविधायुक्त कार्यालय कक्ष, प्रहरी आवासलगायत सबै भौतिक संरचनाको उचित उपयोग र व्यवस्थापन पक्षको अवस्था स्तरीय रहेकोले त्यहाँ पुग्ने सबैको ध्यान प्रहरी चौकी रक्सेले खिच्ने गरेको हो ।

उच्चपदमा रहने प्रहरीहरूले चौकीहरूको अनुगम खासै गर्दैनन् तर रक्से चौकीमा त्यहाँ कार्यरत प्रहरीहरूले गरेको मेहनत र उपलब्धीहरूलाई निहाल्न प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला गत बैशाखमा रक्से चौकीमा पुगेका थिए ।

रक्से चौकीमा समूदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत धेरै कामहरू भएका छन । त्यस मध्ये मेची राजमार्गमा जडान गरिएको सीसी क्यामरा बढी प्रभावकारी सावित भएको छ । सीसी क्यामरा जडान भएयता कानुन कार्यन्वयन गराउन धेरै सजिलो भएको रक्से चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सुरेन्द्र भट्टराईले बताए ।

सीसी क्यामरा जडानका लागि स्थानीय वडा कार्यालय र स्थानीय व्यापारीहरूले  आर्थिक सहयोग गरेका हुन ।

राजमार्ग हुँदै विभिन्न कानुन विपरित कार्यमा संलग्न व्यक्ति र सवारी साधनको पहिचान गर्न रक्से प्रहरीलाई सीसी क्यामरा भरपर्दो अनुसन्धान माध्यम बनेको छ ।

सडक छेउमै दायाँ तर्फ तीन रोपनी जग्गा क्षेत्रफलमा रहेको चौकी परिसर हेर्दा कुनै रिसोर्ट भन्दा कम को छैन । चौकीलाई चम्काउन हसिलो, मिजासिलो स्वभावका प्रहरी हवल्दार मनोजकुमार चौधरी अग्रसर बन्ने गरेका छन् । त्यसैगरी उनका सहकर्मीहरूले पनि हवल्दार चौधरी सँगै चौकी सजाउने काममा हातमा हात बढाउदै आएका छन् ।

८ जना जनशक्ति रहेको प्रहरी चौकीको कार्यक्षेत्र निकै ठुलो छ । देउमाई नगरपालिकाको १ र २ त्यसैगरी  इलाम नगरपालिका १ र ३ नम्बर वडा रक्से चौकीको कार्यक्षेत्र पर्दछ ।
शान्तिसुरक्षालाई कायम राख्न प्रहरीको कार्यालय र आवास क्षेत्र राम्रो व्यवस्थित हुन जरुरी हुन्छ ।  रक्से प्रहरी चौकीमा आउने हरेक प्रहरीले सहज र उच्च मनोबलका साथ काम गर्न शकुन भन्ने उद्देश्यले स्थानीय बस्नेत परिवारबाट रक्से प्रहरी चौकीका लागि ५ रोपनी जग्गा निशुल्क प्रदान भएको छ ।  तर उक्त जमिनमा भवन निर्माण गर्न तर्फ सरकारको ध्यान भने पुगेको छैन ।

रक्से प्रहरी चौकीका लागि विभिन्न क्षेत्रका दाताहरूले सहयोग गरेका छन् । चौकीको अफिसका लागि चाहिने फर्निचरहरू देउमाई १ का वडाध्यक्ष मीनराज र हिरासत इलाम ३ का वडाध्यक्ष हेमन मुखियाले बनाई दिएका छन् । त्यसैरी सडकबाट कार्यालय सम्म पुग्ने सीडी निर्माणका लागि सिमेन्ट इलाम १ का वडा सदस्य मोहनकुमार गुरुङले उपलब्ध गराएको थिए ।

नौ महिनाको अवधि भित्र समुदायको तर्फबाट २ लाख भन्दा धेरै रकम बराबरको बस्तुहरू चौकीका लागि समुदायबाट सहयोग जुटेको चौकी इन्चार्ज भट्टराईले आमसंचारलाई बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)