काँक्रेबिहार कर्णालीको सुर्खेत उपत्यकाको बीचमा सानो पहाडीमा अवस्तिथ रहेको छ । यहाँ १२ शताब्दीका पुरातात्विक भग्नावशेष देख्न सकिन्छ । यस मन्दिरको निर्माण १८ औ शताब्दी मल्लकालीन राजाले गरेको थए । यस मन्दिर सँग जोडिएका किम्वदन्ती र स्थानीयका अनुसार महाभारतको समयमा वनबासमा रहेका पाण्डवहरू यहाँ आएर कुटिया निर्माण गरेर बसेका थए भने धेरैका अनुसार यस मन्दिरको बनावट काँक्रो जस्तो रहेको हुनाले यसको नाम सो माथि राखिएको मान्यता राख्ने गर्छन। काँक्रेविहारमा हिन्दु र बौद्ध धर्मको अभियान भएको देखिन्छ । भवनको भित्ता तथा बिहारमा नक्कासी गरिएका ढुङ्गा र काँसका मूर्तिहरूले बुद्धका तस्बिरहरू, र सरस्वती र गणेशलगायत धेरै हिन्दु देवताहरू र देवीहरूलाई प्रतिबिम्बित गरिएको छ । धार्मिक तथा पुरातात्विक महत्व बोकेको काँक्रेविहारमा सन् १९८० को भूकम्प पछि पुननिर्माण कार्य सुरुभएको थियो । जुन अहिले अन्तिम चरणमा छ । कर्णाली प्रदेशको गहनाको रुपमा चिनिएको यो बिहार विगतका दिनहरूमा जापान , चिन, तिब्बतका बुद्ध धर्मावलम्बी र वीरेन्द्रनगर आउने पर्यटकको प्रमुख रोजाईमा पर्ने गर्छ ।
सुर्खेतको अर्को प्रसिद्ध स्थान मध्ये पर्छ बुलबुले ताल । यो ताल र बुलबुले उधान मुख्य बस पार्क भन्दा ५०० मिटरको दूरीमा अवस्तिथ छ । पानीका बुलबुले उठेर ठूलो पोखरी बनेपछि यो मनमोहक तालको नाम बुलबुले राखिएको हो । यस तालको मुहान सुर्खेतको ललितकोली गाउँपालिकामा रहेको छ । निरन्तर भुइँ बाट ताजा पानी आउने हुनाले यस तालले नगरवासीको पानीको आवश्यकता पनि पुरा गर्ने गरेको छ । यस बुलबुले उधानमा ताल सँग सँगै , सुन्दर जैविक विविधताको पनि आनन्द लिन सकिन्छ । मनमोहक पुष्प र हरियाली र मौसमी तथा थाइ रुपमा बसोबास गर्ने चराचुरुङ्गी सबले यसको सुन्दरता बढाउने गरेको छन्। यस तालको सुन्दरता धेरै कवि तथा लेखक ,गीतकारको प्रेरणाको स्रोत पनि बनेको छ ।हुन त् बुलबुले माथि धेरै रचना भएको छ जसमध्ये ‘सुर्खेत बुलबुल तालमा यो मै सानो हुनाले छुट्यो माया जाल।“ निकै चर्चित रहेको छ । निकट भविष्यमा यस तलको आकार विस्तार जस्ता परियोजना रहे पनि , उचित रेखदेख र संरक्षणको कारणले गर्दा यो ताल दुर्गन्धित र जलकुम्भीले ढाकिएको देख्न सकिन्छ । कुनै समयमा जलले भरिभराउ रहने तालमा अहिले पानीको सतह निकै घटेको छ। यस प्राकृतिक धरोहरको जगेर्ना गर्न सम्बन्धितको ध्यान अविलम्ब जानु पर्छ ।।
देउती बजाई वीरेन्द्रनगर सुर्खेतको प्रमुख धार्मिक पर्यटक स्थल मध्ये एक हो । पौराणिककालमा राजी समुदायले मात्र पुजा अर्चना गर्न पाउने यो मन्दिर अहिले यस मन्दिरमा अहिले सबै समुदायका श्रद्धालु दिनहुँ टाढा टाढाबाट पुजा गर्न आउने गर्दछन् । यहाँ आउने दर्शनार्थीले भाकल पुरा भए पश्चात देवीलाई भाकल स्वरूप बलिदिने चलन पनि रहेको छ । यस मन्दिरको निर्माण मल्लकालमा राजा यश मल्लले गरेका थिए । राष्ट्रिय सम्पदाको रुपमा रहेको यस मन्दिरलाई थप आकर्षक बनाउने कार्यमा स्थानीय सरकार तदारुक देखिएको छ।