

बारा । निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक साता अगाडि भएको विस्फोट घटनामा दोषी देखिएको आंशकामा प्रहरीले धनुषाबाट दुईजना पक्राउ गरेको छ ।

प्रहरीले धनुषा गणेशमान चारनाथ नगरपालिका २ स्थित न्यु शिव स्क्र्यापका संचालक सर्लाही चक्रघट्टा गाउँपालिका १ निवासी वर्षीय ४१ शिवशंकर साह र कवाडी सङ्कलन सर्लाही ईश्वरपुर नगरपालिका– ७ निवासि ४६ वर्षीय बिल्टु महत्वलाई प्रहरीले पक्राउ गरेको हो ।
यो संगै पक्राउ पर्नेको सख्या पाँच पुगेको छ । प्रहरीले यसअगि निजगढ ९ मा कवाडी संचालन गरि बसेका भारत मोतिहारी घर भएका भारतीय नागरिक राज भनिने रमेश जैसवाल, कवाडीको सामान बोक्ने ना ५ ख ९७२७ ट्रक चालक निजगढ नगरपालिका–९ स्याक्तान टोलका ४२ वर्षिय बासु तामाङ्ग र सोही ठाँउका सहचालक २५ वर्षिय टिकाराम पाख्रिन पक्राउ परेका थिए ।



यसैबिच, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अनुरोधमा वीरगञ्जस्थित बयोधा अस्पतालले उपचारमा भएको खर्च रकममा छुट्ट दिएको छ ।
उपचारको क्रममा भएको खर्च रकम आफन्तले बुझाउन नसकेपछि अस्पताल प्रशासनले उनीहरुलाई छुट्ट दिएको बयोधा अस्पतालका प्रशासक बिष्णु पटेलले जानकारी दिए ।

