Aamsanchar

विश्व आमाबुवा दिवसको पृष्ठभूमि

Author Image
शनिवार, जेठ १९, २०८१

सन् २०१२ को संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने घोषणा गरेको हो । सन् १९८० यता अन्तर्राष्ट्रिय समुदायको ध्यान परिवार र परिवारको सदस्यहरूमा विशेष केन्द्रित भएको पाइन्छ । सन् १९८९ मा नै सन् १९९४ लाई विश्व परिवार वर्षका रूपमा मनाउने घोषणा गरिएको थियो । यससँगै हरेक वर्ष मे १५ लाई विश्व परिवार दिवस घोषणा गरियो । विश्वभरिका आमाबुवालाई केन्द्रित गर्दै हरेक वर्ष जुन १ लाई आमाबुवा दिवसका रूपमा मनाउने घोषणा गरिएको हो ।

हामीसँगै विश्व पनि छिप्पी रहेको हुन्छ, हाम्रो जीवन हुर्कँदै गर्दा हाम्रा बुवा आमाहरु बुढाबुढी हुँदै गएका हुन्छन्, उनीहरूको हात समातेर हिँड्न सिकेका पाइला अनि मसिना हत्केलाहरूले क्रमशः बुवाआमाहरुलाई डोहोर्याँउन थाल्दछन्, यस रूपान्तरण नै जीवन हो ।

वर्ष २०२४ को विश्व आमाबुवा दिवसको नारा”The Pain of Growing”
बच्चाहरू अन्ततः वयस्कहरूमा हुर्कनेछन् र तिनीहरूको आफ्नै जीवन र परिवार हुनेछ, तर तिनीहरूका आमाबाबुसँगको बन्धन सधैंभरि रहिरहन्छ र कालातीत हुन्छ भन्ने आाशयका साथ यस वर्षको नारा तय भएको हो ।

माकुराको उदाहरण
माकुराको उदाहरण दिन चाहे आज दिन विशेष सामाग्री उक्काउन अघि, एउटा विशेष प्रजातिको माकुरा जसलाई छोराछोरी हुर्केपछि आफ्नै छोराछोरीहरूले आमालाई खाइदिने गर्दछन् । आफ्नो कोखबाट हुर्केका आफ्नै शरीरका अंशले आफूलाई नै कुटुकुटु गर्दै टुक्रा टुक्रा पारेर खाइदिने त्यो पाशविक नियति आजभोलि हामी मान्छेमा उदहारण पनि कतै बढ्दै गइरहेको त हैन रु बृद्धआश्रममा बढ्दै गएका लामहरू, बाटोघाटोमा बेसहारा रहेका पुराना पुस्ताहरू अनि घरघरमा अपहेलन गरेर राखिएका आमाबुवाहरूका आँसुले कतै माकुराको प्रवृत्तिको सार्थकता मानवमा पनि देखाइरहेको त हैन रु।साँझमा अफिस वाट फर्केको बुवाले बजारमा पोलिथिनको झोलामा लिएर गएको तरकारीको थुप्रोको साइडमा छोराछोरीका लागि मिठाई हुन्छ, खल्तीमा केही चकलेट हुन्छ, आमाले सारीका सप्कोले सिँगान पुछ्दै हुर्काएकी छोराछोरीको आमाबुवा प्रति असीम दायित्व रहन्छ, यो कुराहरू हामी सबैले बुझ्न जरुरी छ ।

काठको कचौराको कथा
काठको कचौराको कथा पनि बडो रोचक छ, जहाँ ३ पुस्ताको मनोवृत्ति वर्णन गरिएको छ । सधैँ खाना टेबलमा पोखेर खाने हजुरबुवाको हात काम्ने समस्या हुन्छ जसले गर्दा उनले खाना खाँदा खाना पोखिने अनि कचौरा झरेर फुट्ने गर्दछ । बुवा अर्थात् सानो फुच्चे अनि नातीकेटाका बुवा अनि आमाले हजुरबुवा अर्थात् आफ्ना बुवाको यस समस्यालाई जानीजानी गरेको नाटक गरेको भनी सम्बोधन गर्दछन् । यसरी संधैजसो कचौरा झारेर फुटाउनु भन्दा बरु एउटा नफुट्ने काठको कचौरा बनाएर हजुरबुवालाई टेबलमा खान नदिई अब बाहिरै खान दिन थालिन्छ । एक दिन नाति केटो आफ्ना आमाबुवा कार्यलयवाट फर्कँदा काठको टुक्रासँग खेलिरहेको पाइयो, आमाबुवाले के गरेको भन्ने प्रश्न गर्दछन् ।

नातिले बडो सरल ढगंले तपाँईहरुको लागि पनि काठको कचौरा बनाइरहेको छु भनी जवाफ दिन्छ । आखिर नयाँ पुस्ताले यस पुस्ताबाटै सिक्ने त हो ?  यो जवाफ सुनेपछि उसका आमाबाबु आफ्नो गल्तीको पश्चात्ताप गर्दै भोलिपल्टैबाट बुवालाई सँगै टेबलमा राखेर अनि फुटे पनि काँचकै कचौरामा आफूसरह खाना दिन थाल्दछन् । आउँदा पुस्तालाई देखाउन र पाठ सिकाउनका लागि भए पनि आमाबुवा लगायत पुराना पुस्तालाई सम्मान र सद्भाव देखाउन जरुरी छ ।

आमाको मुख हेर्ने दिनमा तरह तरहका भाव सँगै सामाजिक सञ्जालमा फोटाहरू छरपस्ट पार्ने सन्तान अन्य दिनमा आमासँग बोल्न, स्नेह जताउन अनि भेट्न पनि भ्याउँदैनन् या जाँदैनन् । नाना तरहका व्रत बस्ने व्रतालुहरू घरकै रहेका बुवा आमा या सास ससुरालाई एक छाक पनि राम्रो खुवाउन झिँजो मान्दछन् । कति बुहारीहरूले सासुससुरासंग बस्न परेका कारणले भिन्न हुन लोग्नेलाई कर गरेका छन् भने कति ज्वाँईले सास ससुराबाट पनि छुटाएर उनका छोरीलाई नराखेका हैनन् । बुवा आमाको महत्त्व सबैले बुझ्न जरुरी छ । विश्वले आमाबुवाको महत्त्व र माया दर्साउनका लागि हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने गर्दछ । यस वर्षको विश्व आमाबुवा दिवसको सबैमा शुभकामना, श्रवण कुमार जस्ता छोराछोरीको सबैलाई अपेक्षा छ । आजको सन्तान भोलिका आमाबुवा पनि त हुन् ।

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर