Aamsanchar

धान दिवसको महत्व बढाउन भन्दै बिर्तामोडमा उद्योगी व्यवसायीले बेठी रोपाइ गरे 

Author Image
शनिवार, असार १५, २०८१

बिर्तामोड । असार १५ मानो खाएर मुरी उब्जाउने दिन त्यसमा २१ औं राष्ट्रिय धान दिवस आज देशका विभिन्न स्थानमा धुमधामले मनाइएको छ । त्यसैगरी झापाको बिर्तामोड –४ मा पनि बेठी लगाएर धान दिवस मनाइएको छ ।

चेम्बर अफ कमर्स झापाको आयोजना र नेपाल उद्यमशील महिला संघ झापाको सह आयोजनामा धान दिवस मनाइएको हो ।

चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमलीको अध्यक्षता र बिर्तामोड –५ का वडाध्यक्ष रोहित प्रसाईँको प्रमुख आतिथ्यमा आयोजित धान दिवस (धान रोप्ने कार्यक्रम) मा प्रमुख अतिथि प्रसाईं,  नेपाल अलैंची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराई, चेम्बर अफ कमर्स कोशी प्रदेशका उपाध्यक्ष सन्तोष अग्रवाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलगायतले धान दिवसको बारेमा धारणा राखेका थिए ।

धानबाट तयार हुने चामल हरेक घरको चुलोचौकोमा अनिवार्य रुपमा पाक्ने बस्तु हो, धान दिवसको महत्व किसानमा मात्र होइन उपभोग गर्ने व्यक्तिहरूले पनि बुझनु पर्छ । जबसम्म यो कुरा बुझन सकिदैन हामी नेपालीहरूले अन्नको लागि परनिर्भर बन्नु पर्ने दिन आउन सक्ने  भएकाले उद्योगी, व्यवसायीहरूले धान दिवस मनाएको कार्यक्रमका अध्यक्ष विमलीले बताए ।

धान दिवस कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्थानीयवासीको उपस्थिति रहेको थियो । महिला समूहको नौमती बाजाले दिवसलाई उल्लासमय बनाएको थियो ।
बाजाको तालमा नाच्दै र असारे गीत गाउदै महिला दिदीबहिनीहरूले रोपाइ गरेका थिए । पुरुषहरूले माटो सम्याउन पटाहा लगाउने, बाउसे र व्यु ओसार्ने काम संगै धान रोपेका थिए ।

भिडियो

रोपाइ पश्चात दही चिउरा, केरा, जामुन लगायत फलहरू रोपाहार बाउसे हरुलाई खुवाइएको थियो ।

फोटो फिचर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर