Aamsanchar

सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी

Author Image
मङ्गलवार, साउन ८, २०८१

रौतहट । रौतहटको कटहरियास्थित तलब भत्ताको माग गर्दै नेपाल बिद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । नगरभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण बिद्यालय कर्मचारीहरू, बाल विकास सहयोगी कार्यकर्ताले तलव र भताको माग गर्दै ज्ञापन पत्रमार्फत आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक बर्ष २०७९/०८० को वैशाख देखि अषाढ मसान्त सम्मको न्यूनतम थप तलव , यस आर्थिक वर्षको वैशाख देखि अषाढ सम्मको तलब र प्रति महिना दुईहजारको दरले प्रोत्साहन भत्ता समेतको रकम निकासा नभएर कसैले पनि न पाएर कठिनाई भएको छ।

सम्पूर्ण विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ताले १५ दिन भित्र तलब निकासा नभएमा निम्न अनुसारको आन्दोलन गर्न बाध्य हुनेछौं ज्ञापन पत्रमा भनिएको छ ।

आगामी भदौ २ गतेदेखि ३ गतेसम्म कटहरिया नगरपालिकामा धर्ना बस्ने, भदौ ४ गते हात्तमा कालो पट्टी बाँधेर आआफ्नो विद्यालयमा काम काज गर्ने र भदौ ५ गतेदेखि कटहरिया नगर क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कटहरियास्थित सम्पूर्ण सामुदायिक बिद्यालयहरुमा बिद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी झन्डै ६० जना कार्यरत रहेका छन ।

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल उपमेयर रिता देवी यादवसहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियार द्वारा दोषी ठहर भएर झण्डै १ महिना अघि निलम्बित भएपछि नगरको जवाफदेहिता अन्यौल बनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर