Aamsanchar

बिछट्टै राम्रो पानीटार (फोटो फिचर)

Author Image
आइतवार, साउन १३, २०८१

इलाम जिल्लाको देउमाई नगरपालिका अन्तर्गत पर्ने पानीटार चिया बगान ।  यो बगान सदरमुकाम इलाम बजारबाट करिब ३० किलोमिटरको दूरीमा रहेको छ भने मेची राजमार्ग खण्डको नेपालटार बजारबाट करिब १३ किलोमिटरको दूरीमा पर्दछ ।  सडक पक्की नै छ, पानीटारबाट नजिकैको बजार मङ्गलबारे बजार हो, पानीटारबाट गुफाथुम्की पनि नजिकै रहेको छ, जहाँबाट सूर्योदय साथै सगरमाथा, मकालु र ल्होत्से हिमाल देख्न सकिन्छ भने पानीटारबाट पनि सगरमाथा, मकालु, ल्होत्से साथै कञ्चनजङ्घा हिमालहरू देख्न सकिन्छ ।
पानीटारमा होम स्टेको सेवा सुविधा उपलब्ध रहेको छ ।  इलाम जिल्लामै बिछट्टै राम्रो  चिया बगान पानीटार भएपनि उचित प्रचारको अभावमा ओझेलमा परेको छ । पानीटारको प्रचारमा स्थानीय पालिकाले ध्यान दिने हो भने मङ्गलबारे बजार पर्यटकमय बन्ने थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर