Aamsanchar

बिर्तामोड २ को चौबाटोमा सडक निर्माणकार्य बिगारिएर चौपट्ट

Author Image
मङ्गलवार, साउन २९, २०८१

बिर्तामोड । झापाको बिर्तामोड–२ स्थित बेलडाँगी–चैतुबारी सडक खण्डमा पर्ने चौबाटोमा सडक निर्माण गर्नेलाई भन्दा देख्ने लाई लाज लाग्ने भएको भन्दै स्थानीयबासीले निर्माणकार्य प्रति असनतुष्टी व्यक्त गरेका छन् ।
पूर्व बिर्ताबजार र पश्चिम घैलाडुब्बा जोडिने गोकुल जोशी मार्ग निमार्ण गर्दा अत्यन्तै लापरवाही भएको भन्दै सर्वसाधारणहरूले निमार्ण कार्य गर्ने र गराउने पक्ष प्रति आक्रोश पोखेका हुन् ।

पूर्व तर्फबाट बाटो ४० फिट फराकिलो बनाइँदै ल्याए पनि बेलडाँगी–चैतुबारी सडक जोडने ठाउँमा बाटोलाई साँघुरो बनाए र ३६ फिट मात्र बनाइएको छ । सडक जोडने चौबाटो अन्यत्र सडक भन्दा फराकिलो बनाउनु पर्नेमा सामान्य एउटा ह्‍युमपाइप राख्न नचाएर लागत खर्च घटाउने उद्देश्यले नीतिगत भ्रष्टाचार गर्न बाटो साँघुरो बनाइको स्थानीय इन्द्र मगरको आरोप छ । उनले भने ‘दुनियाँले देख्दा लाजमर्दो काम भएको छ । यस्तो काम गर्न कस्तो इन्जिनियरले डिजाइन गरेको हो ? स्थानीय जनप्रतिनिधि देखेर पनि नदेझैँ बनेका छन् किन हो ?’

बाटोको विषयलाई लिएर  नेकपा एमाले बिर्तामोड–२ का अध्यक्ष माधव खरेलले पनि असन्तुष्ट व्यक्त गरेका छन् । खरेलले भने जनप्रतिनिधिहरू अनुगमन गर्दैनन् की ? यस्तै डिजाइन पास भएर सडक निमार्ण भएको हो की ? के भएको बुझ्न सकिएन, सँधै यो बाटो भएर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला ओहोरदोहोर गर्नुहुन्छ तर पनि लामो समय देखि बाटोको अवस्थामा यस्तै छ ।’

स्थानीयको भनाई अनुसार आमसंचारको टिमले निर्माणकार्यको स्थलगत अवलोकन गर्दा साँच्चै नै निर्माण कार्य हचुवाको भरमा भएको पाइएको छ । बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेललाई बाटो साँघुरो बनाइको रहेछ  के कारणले यस्तो गरिएको हो भनेर आमसंचारले गरेको प्रश्नमा वडाध्यक्ष पौडेलको भनाई जस्ताको त्यस्तै ।  बाटो ४० फिटको बन्नु पर्ने हो, सोही अनुसार २०७९/०८० को बजेट बाट ह्‍युमपाइप राख्ने कामको ठेक्का प्रविण मैनालीले लिएका थिए । निर्माण कम्पनीले ४० फिटको ह्‍युमपाइप त राख्यो तर बाङ्गो राखिदिएका कारण सडकमा दुई तर्फ २–२ फिट ह्‍युमपाइप कम हुन गयो । सडक बनाउने ठेक्का अर्को कम्पनीको थियो, उक्त कम्पनीले सडक किनारको पल्म ह्‍युमपाइप भएको ठाउँमा जोड्दा सडक साँघुरो देखिएको छ । ह्‍युमपाइप राख्ने ठेकेदारको काम बाङ्गो भएकाले सडक क्षेत्रभर पुग्ने गरि ह्‍युमपाइप थप गरेपछि मात्र रकम भुक्तानीको लागि सिफारिस पठाउने भनेर भुक्तानी रोक्का गरिएको छ, अब केही दिनमै ह्‍युमपाइप थप गर्ने ठेकेदार मैनालीले बताएका छन्, त्यस पछि सडक सिधा देखिने छ । दाहाल गाउँमा पनि काम बिग्रिएको छ त्यहाँ पनि काम सपार्न लगाइने छ ।’

बिर्तामोड नगरपालिकामा पछिल्लो केही वर्षदेखि निर्माण कार्यले गति लिएको छ । यस अवधीका धेरै राम्रा कामहरू भएका छन्  । कतिपय काममा जनप्रतिनिधिहरूको ध्यान कम पुग्ने गरेकाले यसरी काम बिग्रने गरेको छ । वडा जनप्रतिनिधिहरूको ध्यान नपुर्‍याउँदा निर्माण ठेकेदारले अतिरिक्त नाफा कमाउने तर्फ लाग्ने गरेको घटनाहरू पनि बिर्तामोड २ मा नभएको भने होइन ।  यस तर्फ बिर्तामोड २ का जनप्रतिहरु सजक बन्ने की । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर