Aamsanchar

विपन्नताको कारण मेचीनगरका देवनारायणको स्वास्थ्य अवस्था जटिल, जीवन बचाई दिन समुदाय समक्ष अपील 

Author Image
आइतवार, भदौ ९, २०८१

नेपालमा सामान्य नागरिकका लागि जीवन धान्न धौ धौ छ । विश्वका धेरै देशमा आधारभूत पहुँच बनेको स्वास्थ्य सेवा नेपालमा भने सरकारको आम्दानीको बलियो श्रोतको रुपमा रहेको छ । निजी क्षेत्रका अस्पताल कमाई गर्ने व्यापारिक थलो बनेका छन् ।  निजी क्षेत्रको लगानी कमाउन कै लागि हो त्यहाँ ब्यापार र पैसाको मात्र कुरा हुन्छ । त्यहाँ उपचार गर्न जाने नजाने नागरिकको व्यक्तिगत आर्थिक सामर्थमा भरपर्छ ।

आर्थिक अवस्था अत्यन्तै कमजोर वा हुँदै नभएका नागरिकहरू भने उपचार नपाएर गाउँघरमा छटपटाई रहेका छन् । दुई चार लाख रकम सम्म जुटाउन नसकेर उपचार गर्न जान नपाएर धेरैले मृत्यु बरण गर्नु परेको घटनाहरू समाजमा केही पुराना र केही ताजा नै भेटिन्छन् ।
सरकारी अस्पतालमा उपचार गर्न मोटो रकम लाग्ने भएकाले धेरै सर्वसाधारणहरू उपचार गर्नबाट बञ्चित बनेका छन् । त्यस्तै झापा मेचीनगर नगरपालिका ९ मागुरमाडीमा एक व्यक्ति उपचार गर्ने पैसा नभएर रोगको पीडाका कारण ओछ्यानमा छटपटाई रहेका छन् ।

मागुरमाडी लाई  कर्मथलो बनाएर भाडाको घरमा बस्तै आएका इलाम देउमाई नगरपालिका ३ मङ्गलबारे सुक्रेका ४३ वर्षे देवनारायण आचार्य यतिबेला मर्ने की बाच्ने भन्ने दोधारमा रहेका छन् । आचार्यको रोगको कारण भोक, तिख्रा हराई पीडादायी र विछिप्त बनेको छ उनको परिवार ।
श्रीमती राधिका आचार्य पनि दुर्घटनामा परेर घाईते अवस्थामा रहेकी छन् । ८२ वर्षे आमा र छोराछोरी पहाडमा छन् । झापामै बस्ने ठाउँ र खाने अन्न पनि नभएको कारण उनीहरू पहाडमा पाखो खोस्रिएर जीविका पार्जन गर्दैछन् । पहाडमा भएको केही रोपनी पाखो भित्तो जमिन उपचार गर्ने हुदा बैकमा धितो राखिएको बिरामीका साडुभाइ जनक बुढाथोकीले बताए ।

जीवनको कथा र व्यथाले काठमाडौंमा मजदुरी गर्न पुगेका देवनारायणको विगत १ वर्ष अघि आन्द्रामा घाउ छ भनेर पत्ता लागेको थियो ।  घाउ भएको थाहा पाएपछि पनि पैसा नभएकै कारण समयमा उचित उपचार हुन सकेन त्यो रोग क्यान्सरमा परिणत भइसक्ला भनेर देवनारायण सोच्न पनि सकेका थिएनन् अरे ।  मजदुरी गरेर केही पैसा कमाई गरौँला र उपचार गरौला भन्दा भन्दै एक वर्ष विति गयो पैसा कमाउन पनि सकिन उपचार पनि हुन सकेन मेरो कर्म कस्तो रहेछ भन्दै जिन्दगीलाई धिक्कार्दै अब मेरो अवस्था झन कस्तो होला भनेर डाको छोडेर रुदै दिन बिताउदै छन देवनारायण ।

काठमाडौँ वीर र टिचिङ अस्पतालमा रोगको परिक्षण पछि क्यान्सरको उपचारको लागि भरतपुर क्यानसर अस्पताल धाउन थालेका देवनारयणले ७ पटक किमो लगाई सकेका छन् । ‘यहि साउन १७ गते ५ लाख खर्च लिएर अप्रेसन गर्न आउनु डाक्टरले भनेका थिए आफू संग ५ हजार रुपैया छैन। त्यससैले अस्पताल जान पाएको छुइन ।’  ‘डाक्टरले पाइप मार्फत पेटबाट दिसा बाहिर निकाल्ने बनाई दिएका छन् उक्त उपचारको लागि स्थानीय छरछिमेकहरुले सानो सानो रकम सहयोग गरेका कारण एती गर्न  सकिएको हो ।’ अब अप्रेशन गर्न मलाई कस्ले सहयोग गर्छ होला भन्दै क्वाक्वा गर्दै देवनारायण रोएको दृष्यले मन भक्कानिने गरेको स्थानीयहरुको भनाई छ ।
८२ वर्षकी आमा, घाईले अशक्त बनेकी श्रीमती, छोराछोरीको एकमात्र आशाको केन्द्र देवनारयणको स्वास्थ्य अवस्था जटिल बनेपछि आचार्य परिवार सहारा विहिनको अवस्थामा पुगेको छ ।

देवनारयणले भने ‘उपचार सम्भाव रहेको डाक्टरको भनाई छ,ֹ दुईवटा आन्दा काटेर जोड्नु पर्ने भएकाले उपचारको लागि आर्थिक सहयोग गरिदिन देवनारयणकी श्रीमती राधिकाले सबै समक्ष अपील गरेकी छन् । विरामी देवनारायण पनि रुदै भन्छन ‘कृपया मलाई बचाईदिनुहोस् म बाच्न चाहान्छु ।’
सहयोग गर्न चाहाने संघसंस्था तथा व्यक्तिले विरामीको बैंक खातामार्फत सहयोग गर्न किनेछ ।

खाताबालाको नाम : देव नारायण आचार्य
खाता नं. : कृषि विकास  बैंक ०६०११००६३५२६४०२२ 
विरामीको मोवाइल नम्बर ९८२३१६९७२१

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर