Aamsanchar

महेन्द्र राजमार्गलाई एसियन हाइवे बनाउदा भत्किन सक्ने बिर्तामोडमा ७ वटा सार्वजनिक संरचना 

Author Image
बिहिवार, भदौ १३, २०८१

रामचोक मा रहेको चौतारो । पछल्लो सयम यस चौतारोलाई अस्थाई प्रहरी विट बनाइएको थियो । प्रहरी भने केही दिनमा बसेकका थिए । 

बिर्तामोड । एसियाली विकास बैङ्कको सहयोगमा निर्माण सुरु भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग बिस्तार गर्ने काम धमाधम भइरहेको छ ।
एसियन हाइवे निर्माणको पहिलो चरणमा सडक किनारका रूख काट्ने काम सम्पन्न भएको छ भने दोस्रो चरणमा कल्भर्टहरु निर्माण गरिदै छ, त्यसैगरी पुल निर्माणका लागि माटो परिक्षणको काम हुदैछ । सडक विस्तारका लागि अब सडक क्षेत्रमा पर्ने सार्वजनिक तथा निजी भौतिक संरचना हटाउने तयारी गरिएको निर्माण पक्ष एभ्रासकन कालीका जेभीले जनाएको छ ।

बिर्तामोड मुक्तिचोक पूर्व को दुर्गा मन्दिर । यस मन्दिर धार्मिक आस्थाका लागि मात्र नभएर लाखौं व्यक्तिको प्रतीक्षालय र भेटघाट स्थल समेत रहेको थियो । विभिन्न राजनीति सामाजिक कार्यक्रमहरू पनि यस मन्दिर परिसरमा आयोजना हुने गरेको थियो । 

बिर्तामोड नगरपालिका क्षेत्रमा सडक क्षेत्र भित्र ७ वटा भौतिक संरचनाहरू परेको छ । जसमा ५ वटा मन्दिर, एउटा खानेपानी धारा र एउटा चौतारो रहेको छ ।

बिर्तामोड काँकडभिट्टा रोड दक्षिण अमृतभोग अगाडि रहेको काली मन्दिर । यस मन्दिर धर्मका लागि मात्र नभएर कर्म गर्नेहरूको एक स्थल हो । यस मन्दिरको छेउमा हस्तरेखा हेर्ने हरुले जीविकोपार्जनको लागि कर्म गर्ने गर्दछन् । 

सडक विस्तार हुँदा भत्किन सर्ने सार्वजनिक संरचनाहरूमा बिर्तामोड चारपानेमा रहेको विश्वकर्मा मन्दिर, सहारा खानेपानी धारा र हनुमान मन्दिर भत्किने छ । त्यसैगरी रामचोक मा रहेको चौतारो, बिर्तामोड मुक्तिचोकको दुर्गा मन्दिर, काँकडभिट्टा रोड अमृतभोग अगाडिको काली मन्दिर र बुट्टाबारीमा रहेको काली मन्दिर भत्किने छ ।

चारपाने पूर्व बस विसौनी छेउको हनुमान मन्दिर ।

एसियन राजमार्ग निर्माणका लागि झापामा काँकरभिट्टा–सीतापुरीलाई पूर्वी खण्ड र सीतापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । पूर्वी खण्डको ठेक्का एभ्रासकन कालीका जेभीले लिएको हो ।

चारपाने चौक उत्तर तर्फ नेशनल भिजन फोटो स्टुडियो अगाडि रहेको खानेपानीको धारा जडित ट्याङ्की र विश्वकर्मा मन्दिर ।  

एसियाली विकास बैंक आयोजना दमकका योजना प्रमुख सुनिलबाबु पन्तले काँकरभिट्टा–सीतापुरी पूर्वी खण्डको ४५ किलोमिटर क्षेत्रमा सो काम भइरहेको जानकारी दिए ।
काँकरभिठ्ठ–लौकहीसम्मको ९६ किलोमिटर सडक निर्माण पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
9
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
5
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर