

कनकाई । झापाको कनकाई नगरपालिका सुरुङ्गा बजार देखि झापा गाउँपालिका जोडिने फोर लेन सडकको बिच भागमा कतै फूल फूलेर रङ्गीविरङ्गी देखिएको छ, कतै करेसाबारीको रुपमा प्रयोग भएर भिन्डी, बोडी, मेवा, तिल, पाटा, विभिन्न साग रोपिएको छ भने कतै रोपिएका फूलहरूको संरक्षण हुन नसकेर ढलन पलन र बिरुवाहरू मरेको अवस्था रहेको छ । कतिपय टोल क्षेत्रमा झार काँस झाङ्गिदै गएपछि डरलाग्दो ठाउँ बनेको छ ।

कतैकतै रोपिएका लहरे तरकारीहरू लहरिएर सडक नै ढाक्न थालेको अवस्था रहेको छ ।
सडक क्षेत्रको यो खाली ठाउँ बिरुवा रोपन गरेर सहरलाई हरियाली बनाउनकै लागि छुट्याइएको ठाउँ हो । स्थानीय सरकार या सम्बन्धित विभागले सडक क्षेत्रमा दीर्घकालीन रुपमा हरियाली र सफा देखिने गरि योजनावद्ध बोट बिरुवा फूल रोप्नु पर्नेमा सो बमोजिमको काम नभएकाले स्थानीयबासीले आफू खुसी तरकारी फल फुल रोपेका कारण नमुना सडक को नमुना पन ओझेलमा परेको छ , तथापि यस क्षेत्रमा हरियाली देखिएको छ ।





