Aamsanchar

शी लिड्स आइकन प्रतिष्पर्धामा कनकाईकी उपप्रमुख शिवाकोटी 

Author Image
बिहिवार, भदौ २७, २०८१

बिर्तामोड । झापा कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटी शी लिड्स आइकनमा छनौट भएकी छन् ।
कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम शी लिड्स आइकनमा उपप्रमुख शिवाकोटी छनौट भएकी हुन ।

सोमबार कल्प इम्पावर वेमेनले पत्रकार सम्मेलन गर्दै शर्मा लगायत २७ जनाको नाम सार्वजनिक गरेको हो ।

देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जनामा झारेका हुन् । जसमा तीन जना प्रमुख र बाँकी उपप्रमुख छन् ।

मध्ययम पारिवारिक पृष्ठभूमि रहेको, आर्थिक सामाजिक धरातललाई माथि उठाउन बिपीको प्रजातान्त्रिक समाजवादको सिद्धान्त र यसको व्यवहारिक कार्यन्वयन गर्न सके यो देश विश्व कै अब्बल हुने भावना मनमा उकुस मुकुस भएपछि  मौन र निष्कृय बस्न नसकेर उनी राजनीतिमा लागेकी थिइन ।

गत स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि हुनुअघि प्राध्यापकको रुपमा कार्यरत शर्मा शिक्षण पेशाको गहनतालाई मर्न नदिई यसबाट आर्जित ज्ञान र चेतनालाई राजनीतिमा प्रयोग गर्दै बिपीको विचारधाराबाट समस्यालाई हेर्ने गरेको उनको भनाई छ । फलस्वरूप समाजमा स्वास्थ्य र कृषि सम्बन्धी विविध कार्यक्रमहरू, नसर्ने रोगहरूको स्क्रिनिङ क्याम्प, मानसिक स्वास्थ्यसम्बन्धी समुदाय स्तरीय कार्यक्रम, क्षयरोग र कुष्ठरोगको स्क्रिनिङ क्याम्पहरू उनको पालिकामा सञ्चालन भएको छ ।

कनकाई नगरपालिकाको आर्थिक सहयोगद्वारा जैविक तरकारी खेती सञ्चालनमा आएकोछ, जसले सहकारी मार्फत महिलाहरूलाई बजारमा बिक्री वितरणको अवसर प्रदान गरेको छ । १२ पास र स्नातक पास गरेका विद्यार्थीहरूलाई कक्षा सञ्चालन गरेर भविष्यलाई सशक्त बनाउने योजना बनाई विद्यार्थीहरू लाई राष्ट्रसेवामा लाग्न प्रेरित गर्न लोकसेवा र शिक्षा सेवाको लागि निशुल्क कक्षाहरू सञ्चालन भएको छ ।

नेपालका स्थानीय तहका निर्वाचित महिला जनप्रतिनिधि मध्ये महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय सशक्तीकरण र जवाफदेहिताका क्षेत्रका प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने ३ जना महिला जनप्रतिनिधिलाई सम्मान गर्ने र उनीहरूका सु कर्मको सञ्चार गर्ने कार्यक्रम भएको संस्थाले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

छनोट गरिएका २७ जना महिला जनप्रतिनिधिहरू मध्येबाट ३ जनालाई जनताको भोटको आधारमा पुरस्कृत गर्ने संस्थाले जनाएको छ । त्यसका लागि एसएमएस मार्फत् भोटिङ खुला गरिएको छ ।
समाजमा शरल, मृदुभाषी, शिक्षित नागरिकको परिचय बनाउन सफल आशा शर्मा शिवाकोटी संगै झापाबाट दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई पनि छनौटमा परेकी छन् ।

आशा शर्मालाई भोटिङ गर्ने एसएमएस कोड sil >space>27

यी हुन् शी लिड्समा छानिएका देशभरका प्रमुख तथा उपप्रमुख महिला जनप्रतिनिधिहरुः

१. विमला कुमारी शाही, उपाध्यक्ष तुर्माखाँद गाउँपालिका, अछाम, सुदूरपश्चिम प्रदेश

२. सीता थापा उपाध्यक्ष गौमुल गाउँपालिका ,बाजुरा ,सुदूरपश्चिम प्रदेश

३. धाना धामी उपाध्यक्ष सिगास गाउँपालिका ,बैतडी, सुदूरपश्चिम प्रदेश

४. सरस्वती दर्लामी चिदी अध्यक्ष बगनासकाली गाउँपालिका ,पाल्पा, लुम्बिनी प्रदेश

५. विमला अर्याल प्रमुख सुनवल नगरपालिका ,नवलपरासी, लुम्बिनी प्रदेश

६. भुपेन्द्रा बुढा उपाध्यक्ष पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्व, लुम्बिनी प्रदेश

७. सीता गिरी उपाध्यक्ष धुर्कोट गाउँपालिका ,गुल्मी ,लुम्बिनी प्रदेश

८ं.सरिता खड्का उपाध्यक्ष मदाने गाउँपालिका ,गुल्मी, लुम्बिनी प्रदेश

९. सावित्रा देवी अर्याल उपप्रमुख बुटवल उप(महानगरपालिका ,रुपन्देही, लुम्बिनी प्रदेश

१०. गीता आचार्य उपप्रमुख रोल्पा नगरपालिका ,रोल्पा, लुम्बिनी प्रदेश

११ं. ममता महतो उपाध्यक्ष पटेर्वा सुगौली गाउँपालिका,पर्सा, मधेश प्रदेश

१२. फुल कुमारी सिंह उपाध्यक्ष बटेश्वर गाउँपालिका ,धनुषा ,मधेश प्रदेश

१३ं सविता अर्याल उपाध्यक्ष सिद्धलेक गाउँपालिका ,धादिङ, बागमती प्रदेश

१४ं. बाल कुमारी कार्की थापा उपप्रमुख रामेछाप नगरपालिका,रामेछाप, बागमती प्रदेश

१५. तारा राना तिमल्सिना उपाध्यक्ष बेथानचोक गाउँपालिका,काभ्रेपलाञ्चोक, बागमती प्रदेश

१६. विमला सापकोटा दाहाल उपप्रमुख बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक, बागमती प्रदेश

१७. गण्डकी थापा अधिकारी अध्यक्ष बडिगाड गाउँपालिका, बागलुङ, गण्डकी प्रदेश

१८. दिवा कुमारी तिलिजा पुन उपाध्यक्ष अन्नपूर्ण गाउँपालिका ,म्याग्दी, गण्डकी प्रदेश

१९. रीता देवकोटा उपाध्यक्ष सिरानचोक गाउँपालिका ,गोरखा, गण्डकी प्रदेश

२०. गीता देवी तिम्सिना गौतम उपाध्यक्ष मेन्छयायेम गाउँपालिका, तेह्रथुम, कोशी प्रदेश

२१. मीना कुमारी खतिवडा पौडेल उपप्रमुख उर्लाबारी नगरपालिका, मोरङ, कोशी प्रदेश

२२. आशा शिवाकोटी उपप्रमुख कनकाई नगरपालिका, झापा, कोशी प्रदेश

२३. रेगीना भट्टराई प्रसाई उपप्रमुख दमक नगरपालिका ,झापा कोशी प्रदेश

२४. अल्किना बम उपाध्यक्ष पचालझरना गाउँपालिका ,कालिकोट ,कर्णाली प्रदेश

२५. सनसिल्ता वली डिसी उपाध्यक्ष कालिमाटी गाउँपालिका,सल्यान, कर्णाली प्रदेश

२६. तप्ता थापा ,उपप्रमुख नारायण नगरपालिका दैलेख, कर्णाली प्रदेश

२७. मञ्जु कुमारी शर्मा पाण्डे, उपाध्यक्ष महाबु गाउँपालिका दैलेख कर्णाली प्रदेश

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)