



बिर्तामोड । जहाज चढन वा ओर्लिने भद्रपुर विमान स्थल जानु हुदैछ ? जानु हुदैछ भने विमान स्थलको दायाँ बाया नहेरीकन विमान स्थलको टर्मिनल भवन भित्र छिर्नु होला । आवत जावत गर्दा दायाँ बायाँ सिधा अगाडि हेर्नु भयो भने तपाईँलाई नरमाइलो लाग्न सक्छ । पर्यटन, संस्कृति तथा नेपाली उत्पादन बस्तुको प्रचार गर्न राखिएको होडिङ बोर्डको अवस्थाले विमान स्थल व्यवस्थापन पक्ष को काम गराई सारै लथालिङ्ग रहेछ भनेर प्रष्ट हुन्छ ।




झापाको भद्रपुर विमान स्थलमा क्षेत्रमा पनि विगतको वर्षमा पूर्वको पर्यटन कला संस्कृति झल्कने दृष्यहरू राखिएको थियो तर अहिले पहिलेका होडिङ बोडहरु खाली छन् ।


संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगत रहेको भद्रपुर विमान स्थलमा संस्कृति र पर्यटनको नामोनिशान देखिदैन । यस तर्फ सम्बन्धित पक्षको ध्यान जान सकोस् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
1
+1
+1
+1
2
+1
4
Views: 237