यस अघि १५ देखि २० को संख्यामा मा नेपालीहरु अन्टार्कटिका पुगेको भन्ने बताइएको छ । यस बारे नेपालीहरु कतीजना पुगे भन्ने आधिकारिक यकिन विवरण कतै छैन ।
झापा बिर्तामोड चारपानेका खेम संग्रौलाको नेतृत्वमा १३ जना नेपालीहरुले अन्टार्कटिका महादेशका मुख्य ठाउँहरुको भ्रमण अवलोन गरेको हो ।
अध्ययन अवलोकन टोलिमा एक्सपर्टका निर्देशकहरु खेम संग्रौला, भुवन पाण्डे, प्रसन्न दाहाल, तोयानाथ अर्याल, सरोज शर्मा, बसन्त पोखरेल, रुपक बर्तौलालगायत रहेका छन् । १३ जना नेपाली टोलीमा खेम संग्रौला र टंक आचार्य झापाली हुन । टोली नोभेम्बर २६ सम्म त्यहाँ रहनेछ ।
एक्सपर्टका सात निर्देशकले अन्टार्कटीकामा बैठक बस्दै वातावरण संरक्षणमा सबैको चासो आजको आवश्यकता रहेको निष्कर्ष निकालेका हुन् । एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेस अन्तर्गतको एक्सपर्ट फाउन्डेसनको विशेष बैठक समेत उनीहरूले अन्टार्कटीकामा गरेका छन् । जसमा विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तन र नेपाल, हिमालय र जलवायु परिवर्तनबारे छलफल गरिएको एक्सपर्ट नेपालका निर्देशक खेम संग्रौलाले जानकारी गराए ।
पृथ्वीको दक्षिण ध्रुवमा अवस्थित यो महादेश संसारकै सबैभन्दा चिसो, सुख्खा, र हावाहुरीले प्रभावित हुने क्षेत्रहरूमा पर्दछ । अन्टार्कटिका करिब १४ मिलियन वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ, जसले गर्दा यो एशिया र अफ्रिकापछिको तेस्रो ठूलो महादेश हो । नेपालबाट यस महादेश पुग्न धेरै खर्चिलो र यात्रा जोखिम हुने गरेकाले नेपालीहरु जादैनन । विश्वको सबै कुनामा पुग्ने नेपालीहरु यस महादेशमा धोरै संख्यामा मात्र पुगेका छन् ।
अन्टार्कटिका पृथ्वीको सबैभन्दा दक्षिणी महादेश हो, जुन दक्षिण ध्रुवमा अवस्थित छ। यो महादेश संसारकै सबैभन्दा चिसो, सुख्खा, र हावाहुरीले प्रभावित हुने क्षेत्रहरूमा पर्दछ। अन्टार्कटिका करिब १४ मिलियन वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ, जसले गर्दा यो एशिया र अफ्रिकापछिको तेस्रो ठूलो महादेश हो ।
अन्टार्कटिकाका विशेषताहरूः
हिउँ र बरफको साम्राज्य, अन्टार्कटिका लगभग ९८% बरफले ढाकिएको छ । यस बरफको औसत मोटाई करिब १.९ किलोमिटर छ । अन्टार्कटिकामा जीवित प्राणीहरूको संख्या सीमित छ । यहाँ विशेष गरी पेंग्विन, सील, व्हेल, र विभिन्न प्रकारका समुद्री चरा पाइन्छन्। यहाँको तापक्रम –८०°C सम्म झर्न सक्छ । गर्मीयाममा पनि तापक्रम –२०°C को हाराहारीमा रहन्छ ।
यो महादेशमा कुनै पनि स्थायी मानव बस्ती छैन। वैज्ञानिक अनुसन्धानका लागि मात्र अस्थायी रूपमा मानिसहरू यहाँ बस्छन् । विभिन्न देशहरूले अन्टार्कटिकामा अनुसन्धान केन्द्र स्थापना गरेका छन् । यी केन्द्रहरूमा जलवायु परिवर्तन, जैविक विविधता, र खगोल विज्ञान जस्ता विषयहरूमा अध्ययन गरिन्छ ।
सन् १९५९ मा अन्टार्कटिका सन्धि गरियो, जसले यसलाई वैज्ञानिक अनुसन्धानका लागि सुरक्षित क्षेत्रको रूपमा घोषणा गरेको छ । यसले यहाँ खानी उत्खनन र सैन्य गतिविधिलाई प्रतिबन्धित गर्दछ ।
रोचक तथ्यहरूः
अन्टार्कटिकामा कुनै पनि देशको अधीन छैन, यो महादेशमा संसारकै सबैभन्दा सुख्खा ठाउँ, “ड्राई भ्याली“ पनि अवस्थित छ । यहाँको बरफमा पृथ्वीको ७०% ताजा पानी र ९०% बरफ जमेको छ ।
अन्टार्कटिका प्राकृतिक सौन्दर्यको अनुपम उदाहरण हो र यसले वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्छ ।