स्वास्थ्यकर्मी र स्वयंसेवकको सक्रियताले ग्रामीण भेगमा उपचार सेवा प्रभावकारी बन्दै गएको छ। परियोजनाले स्वास्थ्य परीक्षण शिविर र घरदैलो कार्यक्रम सञ्चालन गरेर रोग पहिचानमा सहजीकरण गरेको छ। यसबाट प्रभावित समुदायले समयमा नै उपचार पाएर संक्रमण दर घटाउन मद्दत पुगेको विश्वास परियोजनाका प्रोग्राम को–अडिनेटर पवन राईले बताए ।
स्वास्थ्य सेवामा सुधार
फेयरमेड फाउण्डेशन नेपाल, सहारा नेपाल, र करुणा फाउण्डेशनको साझेदारीमा चलिरहेको विश्वास परियोजनाले हात्तीपाइले र कुष्ठरोगीहरूको संख्या घटाउन ठोस कदम चालेको छ। झापा गाउँपालिकामा चार वर्ष अगाडि १९ जना कुष्ठ रोगी थिए । अहिले ४ जना मात्र प्रभावित रोगी रहेका छन् । १७९ जना हात्तिपाइले रोगी पहिचान गरिएको छ । पछिल्लो वर्ष यता हात्तिपाइले रोगी देखा परेका छैनन ।
झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेका अनुसार केही समयअघिसम्म यहाँका बिभिन्न गाउँमा यी रोगीहरूको संख्या धेरै थियो। फेयरमेडको सहकार्यपछि नयाँ रोगीको संख्या कम हुनुका साथै पुराना रोगीको उपचारमा प्रगति भएको छ ।
सरकारको आम औषधि सेवन कार्यक्रम, विश्वास परियोजनाले स्वास्थ्य सचेतना र सहायक सामग्री वितरण जस्ता कार्यक्रमका कारण गाउँमा महिलाहरूको स्वास्थ्य चेतना बढाएको छ । बर्थिङ सेन्टरमा उपकरणको व्यवस्था र जनचेतनामूलक कार्यक्रमपछि सुत्केरी गराउन आउने महिलाको संख्या बढेको छ। गत वर्ष ११ जनाले मात्रै सेवा लिएको ठाउँमा अहिलेको आर्थिक वर्षमा ६२ जनाले सेवा लिएका छन् ।
सामुदायिक सहभागिता
सोही कार्याक्रमकाबिच करुण फाउण्डेशनले झापामा स्वयमसेवक हेरचाह तालिम ३८७ जना, आर्यआर्जन तालिम १३२ जना, उपचारका लागि रेफरमा सहयोग ४८ जना, सहायक सामाग्री सहयोग १५५ जना र बिउपुँजी १६ जनालाई दिइएको कार्यक्रम अधिकृत अंकित पाठकले जानकारी दिएका थिए ।
सामाजिक र आर्थिक रूपमा पछि परेका समुदायलाई लक्षित गर्दै परियोजनाले १५५ जनालाई सहायक सामग्री, १३२ जनालाई आयमूलक तालिम, र ४८ जनालाई उपचारका लागि रेफरल सहयोग गरेको छ त्यसै गरी बिउपुँजी १६ लाई उपलब्ध गराएको सहारा नेपालका संरक्षक छविलाल खतिवडाले जानकारी दिए, स्थानीय स्वास्थ्य सेवा सुदृढ पार्ने उद्देश्यले झापा र मोरङका विभिन्न पालिकामा परियोजना सञ्चालन भइरहेको उनले जनाए ।
सहारा नेपाल र करुणा फाउण्डेशनका योगदान
सहारा नेपालले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, र समुदाय विकासमा कार्य गर्दै आएको छ। करुणा फाउण्डेशनले विपन्न समुदायमा स्वास्थ्य उपचार, सीप विकास, र राहत कार्यक्रम सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
स्थानीय माग
स्वास्थ्य सेवा सहज बनाउँदै जाने क्रममा स्वास्थ्य विकास बोर्डले हात्तीपाइले रोगीका लागि पनि स्वास्थ्य बीमा कार्ड उपलब्ध गराउनुपर्ने माग गरिएको छ । सहारा नेपाल र विश्वास परियोजनाका कार्यक्रमहरूले ग्रामीण भेगमा दिगो स्वास्थ्य सुधारतर्फ ठूलो योगदान दिएको छ।
विश्वास परियोजना उपलब्धिहरु
४२७ स्वास्थ्यकर्मीलाई उपेक्षित उष्ण प्रदेशिय रोगहरु सम्बन्धी क्षमता अभिवृति तालिम, ५३५ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई उपेक्षित उष्ण प्रदेशिय रोगहरु सम्बन्धी तालिम, ७ जना स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन तालिम, ६ जना स्वास्थ्यकर्मीहरुलाई ल्याव सम्बन्धी तलिम, एम डि ए क्याम्पेनिङ, दमक अस्पतालमा एन टि डी रेफरल सेन्टर स्थापना, १३२ स्वास्थ्य आमा समूह गठन, २० स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका ७०० जनालाई एचएफओएमसी तालिम प्रदान, ६ जना नर्सिङ कर्मचारीलाई एसबीए तालिम प्रदान, २० वटा सामुदायिक विद्यालयमा सरसफाई करण स्थापना र कुष्ठरोगी र हात्तिपाइले प्रभावितहरुलाई आवस्य सहायता सामग्रीको व्यवस्था र व्यवसायिक तालिम तथा सहयोग प्रदान रहेको सहारा नेपालका कोषाध्यक्ष श्याम प्रधानले जानकारी दिए ।
परियोजना अन्तरगत गरिएको काम अनुगमन तथा अवलोनमा सहाराका सहसचिव लालबहादुर गिरी, झापाका ८ जना पत्रकार पुगेका थिए ।
झापा गाउँपालिकामा सहारा नेपाल र विश्वास परियोजनाले कुष्ठरोग र हात्तीपाइले रोगजस्ता चुनौतीपूर्ण समस्याहरूको समाधानमा प्रभावकारी कदम चालेको छ । यसले गाउँपालिकाको स्वास्थ्य सेवा प्रणाली सुदृढ बनाउँदै आर्थिक, सामाजिक र शिक्षामा पछाडि परेका समुदायको जीवनस्तर सुधार्न उल्लेखनीय भूमिका खेलेको छ ।