बिर्तामोड । गढीमाईलाई नेपालको तराई क्षेत्रको एक महत्वपूर्ण धार्मिक र सांस्कृतिक केन्द्र मानिन्छ। बाराको महागढीमाई नगरपालिका–१, बरियारपुरस्थित गढीमाई मन्दिर शक्तिको प्रतीक र सत्यताको पराक्रमको रुपमा प्रसिद्ध छ। शक्तिको देवीको रुपमा गढीमाईको पूजा गरिन्छ, जसले भक्तजनहरूको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ।
पाँच वर्षे गढीमाई मेला
गढीमाई मेलाको विशेषता यसको पाँच वर्षे अन्तरालमा आयोजना हुनु हो। यसपटक मेला २०२४ डिसेम्बर २ तारिखबाट विधिवत रूपमा सुरु भएको छ। मंसिर १७ गते ९डिसेम्बर २० देखि प्रारम्भ भई मंसिर ३० गते ९डिसेम्बर १४० सम्म सञ्चालन हुने यो मेलामा लाखौँ भक्तजनहरू गढीमाई मन्दिरमा पूजा, दर्शन, र परम्परागत कार्यक्रमहरूमा सहभागी हुन्छन्।
विशेष पूजा र पशुवलीको कार्यक्रम मंसिर २३ र २४ (डिसेम्बर ७ र ८) मा आयोजना हुनेछ। यस मेलाको महत्वपूर्ण विशेषता परम्परागत विधिका साथ आयोजित पशुवलीको प्रचलन हो, जसले मेलालाई सांस्कृतिक र धार्मिक दृष्टिले विशेष बनाउँछ।
पशुवली परम्परा र विधि
गढीमाई मेलामा पशुवलीको ऐतिहासिक परम्परा छ। मुख्य पुजारी मङ्गल चौधरीको नेतृत्वमा तान्त्रिक विधिद्वारा पहिलो बलि दिइन्छ। यो विधिमा सेतो मुसा, परेवा, हाँस, सुँगुर, र राँगाको बलि अर्पण गरिन्छ। यसको पछि भक्तजनहरूले आ-आफ्नो बलि चढाउने अनुमति पाउँछन्।
पसहा खोलालाई गढीमाई क्षेत्रको सिमाना मानिन्छ। यस क्षेत्रभित्र बली चढाउन साना जनावरहरूदेखि ठूला जनावरहरू, विशेष गरी राँगा र भैँसी, हजारौँको संख्यामा अर्पण गरिन्छ। बलीका लागि व्यवस्थित वधशालाको निर्माण गरिएको छ, जसले परम्परालाई सुरक्षित र व्यवस्थापकीय रूपमा सुदृढ बनाएको छ।
किम्बदन्ती र गढीमाईको उत्पत्ति
गढीमाईसँग सम्बन्धित किम्बदन्तीअनुसार देवी गढीमाई शक्तिको स्वरूपमा प्रकट भएकी थिइन्। भक्तहरूको सच्चा आस्था र तान्त्रिक पूजापाठका कारण गढीमाईले उनीहरूको मनोकामना पूरा गर्न कृपा गर्नुभएको विश्वास गरिन्छ। यसै आस्थाका कारण प्रत्येक पाँच वर्षमा लाखौँ भक्तजनहरू देश(विदेशबाट यहाँ आउने गर्दछन्।
गढीमाई मेला केवल धार्मिक आयोजनामात्र नभएर सांस्कृतिक विविधता र परम्पराको जीर्णोद्धारको प्रतीक पनि हो। यस मेलाले नेपालका मौलिक परम्परालाई जीवन्त राख्न योगदान पु¥याउँदै आएको छ।