स्थानीयका अनुसार २० मिनेटमै बनाइने गरी ड्राइभर्सन निर्माण गरिए पनि सडक निर्माणको कुनै प्रक्रिया अगाडि बढेको छैन । “निर्माण कार्य थालनी नै नगरिने भए किन सडकमा अनावश्यक अवरोध सिर्जना गरियो ?” स्थानीयको प्रश्न छ ।
सडक निर्माण कार्यसँग सम्बन्धित निकायले कुनै स्पष्ट जानकारी नदिएको र निर्माण कम्पनीको लापरबाहीले सर्वसाधारणको आवागमन अधिकार हनन भएको जनगुनासो बढ्दो छ ।
“निर्माण कार्य सुरु नहुने हो भने ड्राइभर्सन हटाउनुपर्छ,” स्थानीयले चेतावनी दिएका छन् । साविकको सडक मार्ग सहज बनाइयोस्, निर्माण कार्य अघि बढाउदा ड्राइभर्सन बनाइयोस्, निर्माणको नाममा लापरवाही गरिएको उनीहरूको आरोप छ ।
सरोकारवाला निकायहरूले समस्या समाधानमा तत्काल ध्यान नदिए अवस्था थप जटिल बन्न सक्ने स्थानीयहरूको चेतावनी छ। सडक निर्माणको नाममा सवारी र यात्रुको दैनिकीमा बाधा पुर्याउने कामप्रति सम्बन्धित पक्षले छिट्टै कदम चाल्नुपर्ने देखिएको छ ।