पाठेघरको मुखको क्यान्सरका लक्षणहरू
यौन अङ्गहरूबाट गन्हाउने पानी बग्ने, चिलाउने र पोल्ने जस्ता समस्या हुने, अनियमित रूपमा रगत बग्ने। पिसाब गर्दा पोल्ने, दुखाइ हुने, यौन सम्पर्क गर्दा दुखाइ हुने। मासुको डल्लाहरू पलाएको या भएको महसुस हुने।
यो रोगको जोखिम हुने महिलाहरू
१, ह्युमन प्यापिलोमा भाइरसबाट सङ्क्रमण भएमा
२,पाठेघरमा निरन्तर रूपमा ब्याक्टेरियाको सङ्क्रमण भएमा
३, धुम्रपान गर्ने महिलाहरू
४, रोग प्रतिरोध क्षमता कमी भएका महिलाहरू
५, ३० वर्ष उमेर नाघेका महिलाहरू
६, सानै उमेरमा गर्भवती भएका महिला
७, एक भन्दा बढी व्यक्तिसँग शारीरिक सम्बन्ध राख्नु
८, धेरै पटक गर्भवती भएका महिलाहरू
यस रोगका अवस्थाहरू
यो रोगको ३ वटा अवस्थाहरू हुन्छ। रोग पूर्णरूपमा क्यान्सरमा परिणत हुनु अघि सामान्य कोषिका जस्तो देखिन्छ र कोषिका कति भागमा फैलिएको छ र कति गहिराइ सम्म पुगेको हुन्छ भन्ने आधारमा यसको अवस्था निर्धारण गरिन्छ।
पहिलो अवस्था : असामान्य कोषिका एक तिहाई भाग सम्म पुगेको हुन्छ।यो समान्य रूपमा आफैँ निको हुन सक्छ।
दोस्रो अवस्था : दुई तिहाई भाग सम्म असामान्य कोषिकामा आसर पुगेको हुन्छ र यो किटाणु सङ्क्रमणलाई नियन्त्रण गर्दा निको हुनसक्छ।
तेस्रो अवस्था : यस स्टेजिङमा असामान्य कोषिकाहरूले केही सतह बाहेक पूरा भागमा असर गरेको हुन्छ।
चैथो अवस्था : यो भनेको कारसिनोमा इन्सिटु हो र यस स्टेजिङमा रोगले पुरा क्यान्सर को रूप लगिसकेको हुन्छ तर पूरै भागमा फैलिसकेको हुँदैन।
पाँचौ स्टेजिङ : यो स्टेजिङलाई सरवाइकल क्यान्सर भनिन्छ र यो एकदैम खराब रूपको क्यान्सर हो जुन शरीरको जुन सुकै भागमा फैलन सक्छ र यसले ज्यानै जाने सम्भावना हुन्छ।
यो रोगको मुख्य कारण नै ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमणले गर्दा हो। यो भाइरसको १६ र १८ प्रकारले सङ्क्रमणले क्यान्सर हुन्छ। यो भाइरस क्यान्सर जनक हुन्छ र सामान्य कोषिकालाई असामान्य कोषिकामा परिवर्तन गर्छ। यस रोगबाट बच्न सुरुकै स्टेजिङमा भाइरस र रोगको निदान गर्न सके चाँडो औषधि गर्न मिल्छ र रोगबाट पूर्णरूपमा निको हुन पनि सकिन्छ।
डाक्टरसँग कतिखेर परामर्श लिने ?
माथिका लक्षणहरू देखिएर दैनिक जीवनमा प्रभाव पारेमा तुरन्त डाक्टरसँग परामर्श लिनु पर्छ। जतिसक्दो चाँडो विशेषज्ञ डाक्टरसँग परामर्श लिनु पर्छ। डाक्टरको सल्लाह बमोजिम उपचार या व्यवस्थापन विधिहरू अपनाउनु पर्छ।
“हाम्रो पात्रो हेल्थमा नेपाल मेडिकल काउन्सिलबाट प्रमाणित २४ विशेषज्ञतामा रहेका २३० जना भन्दा बढि डाक्टरहरू उपलब्ध हुनुहुन्छ। हाम्रो पात्रो हेल्थबाट यहाँले आफ्नो सहजतामा संसारको जुनसुकै स्थानबाट पनि प्रत्येक्ष भिडियो कलमा डाक्टरसँग परामर्श लिनसक्नुहुन्छ।
रोग कसरी पहिचान गर्ने
प्याप स्मियर ( पाठेघरको मुखबाट कोषिकाहरू ुआयरु नामक यन्त्रबाट निकालिन्छ र त्यसलाई माइक्रोस्कोपबाट हेरेर क्यानसर युक्त कोषिका छ कि छैन थाहा पाउन सकिन्छ।यो पाठेघरबाट लिएको कोषिकाको नमुनालाई ह्युमन प्यापिलोमा भाइरसको डिएनए परीक्षण पनि गर्न सकिन्छ।
एसेटिक एसिड नामक रसायन पाठेघरको मुखमा राखेर हेर्दा घाउमा एसेटो बाइट क्षेत्र देखिएमा कोलपोस्कोपिक जाँच वा बायोप्सी गर्नुपर्छ।
कोलपोस्कोपिक जाँच माथि भनिएका जाँच पाठेघरमा देखिदा। क्यान्सर हो या हैन भनेर प्रमाणिकरण गर्नको लागि गरिन्छ जसमा माइक्रोस्कोपबाट पाठेघरकोमुखमा असामान्य क्यानसर कोषहरू छ कि छैन भन्ने पुष्टि हुन्छ।
यस रोगको रोकथाम
ह्युमन प्यापिलोमा भाइरस विरुद्ध खोप लगाउन सकिन्छ।
१५ वर्ष माथिका महिलालाई (०,१-२,६) महिना गरी तिन वटा खोप लागाइन्छ। यो खोपले ७-८ वर्ष सम्म काम गर्छ।
अरू रोकथाम उपाय भनेको महिलाले परिपक्व उमेर भए पछि विवाह र यौन सम्पर्क गर्ने र एक जना सङ्ग मात्र र सुरक्षित यौन सम्बन्ध राख्ने, धुम्रपान नगर्ने।यौन अङ्गहरू सफा राख्ने। यौन सङ्क्रमणबाट बच्ने र समयमा नै उपचार र डाक्टरसँग परामर्श लिने।
उपचार
दोस्रो स्थितीको रोगलाई लार्ज लुप एक्सिजन अफ ट्रान्सफर्मेसन जोन (LLETZ) भनिने उपचार गरिन्छ गरिन्छ जसमा असामान्य कोषिकाहरूलाई पाठेघरको मुखबाट बाहिर निकालिन्छ।
अरु उपाय भनेको सर्भिक्स क्रायोसर्जरी हो जसमा : एकदम कम तामक्रममा रहेको ककार्बन डाइअक्साइड ग्यास प्रयोग गरेर क्यान्सर कोषिकाहरूको विनास गरिन्छ।
यसै गरी पाठेघरको क्यान्सर यी उपायहरू गरेर पनि फेरि देखिएमा र अन्यत्र यौन अङगहरूमा सरेमा ‘हिस्टेरेक्टोमी’ अर्थात पाठेघर र पाठेघरको मुखलाई आपरेशन गरी निकाल्नु पर्ने हुन्छ।