भारतको पश्चिम बंगाल राज्यको कोलकाता सहरमा अवस्थित मालिकघाट फूल बजार एशियाकै सबैभन्दा पुरानो र व्यस्त फूल बजार मानिन्छ। यो बजार हावडा पुलको छेउमा, हुगली नदीको किनारमा अवस्थित छ। बजारको इतिहास करिब १३० वर्षभन्दा पुरानो छ र यो पश्चिम बंगालको सांस्कृतिक तथा आर्थिक केन्द्रका रूपमा परिचित छ।

यस बजारमा सयौं फूल व्यवसायी तथा थोक विक्रेताहरू सक्रिय छन्, जसले दैनिक हजारौं प्रकारका ताजा फूलहरूको कारोबार गर्छन्। यहाँबाट मुख्य रूपमा माला, पूजा सामग्री, विवाह तथा अन्य सांस्कृतिक उत्सवका लागि फूलहरू आपूर्ति गरिन्छ।

गुलाब, गेंदा, चमेली, सूर्यमुखी, कमल, र दुर्लभ प्रजातिका फूलहरू यस क्षेत्रमा उपलब्ध छन्। बिहान सबेरैदेखि व्यापारी र ग्राहकको भिड देख्न सकिन्छ। बजार बिहान ४ बजे खुल्छ र मध्यान्हसम्म सक्रिय रहन्छ।



यसको सांस्कृतिक र ऐतिहासिक महत्वका कारण यो स्थान पर्यटकहरूका लागि पनि लोकप्रिय गन्तव्य बनेको छ। विशेष गरी हावडा पुलको सुन्दर दृश्यको कारण यो क्षेत्र फोटो खिच्नेहरूका लागि आकर्षक छ।
यस बजारले थुप्रै समस्या सामना गरिरहेको छ । भीडभाड र अव्यवस्थित व्यापार, फोहोर व्यवस्थापनको अभाव, पूर्वाधारहरूको सुधारको आवश्यकता रहेको छ
यस बजारलाई अझ व्यवस्थित र आधुनिक बनाउन स्थानीय सरकार र निजी संस्थाहरूले पहल गर्न जरुरी देखिन्छ ।

