माईजोगमाई गाउँपालिका भित्रका १ निजि बिद्यालय र ८ वटा सामुदायिक बिद्यालयहरुको सहभागिता रहेको कार्यक्रममा मार्च पास , भलिभल , तथा एट्लेटिक्स तर्फका बिभिन्न खेलहरु सम्पन्न भएको हो ।
माईजोगमाई गाउँपालिकाको आर्थिक लगानिमा बिद्यालयको खेल मैदानलाई निर्माण गरेर उक्त खेल मैदानमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता संचनलन भएको हो ।
गत बर्षको राष्ट्रपति रनिङशिल्डमा नेपाल ज्योति माबिले झण्डा प्राप्त गरेको हो । कार्यक्रममा बिभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगि दाताहरुलाई सम्मान गरिएको थियो । बिभिन्न क्षेत्रमा बिभिन्न बिद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
माईजोगमाई गाउँपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा संचालित मार्च पासमा शुभकन्या बोडिङ स्कुलले आफ्नो जित हासिल गरेको थियो । भलिभल तर्फ नामसालिङ माबिले १ स्वर्ण , अमर कल्याण माबिले १ स्वर्ण , नेपालज्योति माबि र प्याङ माबिले १र१ रजत हात पारेका थिए । एट्लेटीक्स तर्फ नेपाल ज्योति माबिले ५ स्वर्ण ६ रजत र ५ कास्य पदक हात पार्यो भने नामसालिङ माबिले ९ स्वर्ण ८ रजत र ४ कास्य पदक , अमर कल्याण माबिले ८ स्वर्ण ३ रजत ६ कास्य पदक , सिरिसे माबिले ३ स्वर्ण ६ रजत र २ कास्य पदक , सरस्वति माबिले १ स्वर्ण र २ कास्य पदक , प्याङ माबिले २ रजत र ३ कास्य पदक , ज्ञानोदय माबिले १ रजत र ३ कास्य पदक शिवमाई माबिले कुनै पनि पदक जित्न सकेन र शुभकन्य माबिले १ कास्य पदक जित्न सफल भएको थियो ।
गत बर्ष पनि नामसालिङ माबिले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जित्न सफल भएकोमा यस बर्षको जित पनि नामसालिङ माबिले नै जितलाई सुरक्षित गर्न सफल भएको थियो ।
कार्यक्रम नेपाल ज्योति माबिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर देवानको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यता तथा माईजोगमाई गाउँपालिका वडा नं ३ का वडाध्यक्ष राम घिमिरे वडा नं ४ का वडाध्यक्ष डुरन देवान कार्यपालिका सदस्यहरु वडाका जनप्रतिनिधिहरु वडा तथा गाउँपालिकाका कर्मचारीहरु स्थानिय अभिभावकहरु माईजोगमाई गाउँपालिकाका बिभिन्न बिद्यालयका शिक्षकहरु खेलप्रेमी लगायतको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । तिन दिन सम्म संचालन भएको कार्यक्रमको संचालन बिद्यालय ब्यवस्थापन समितिका सदस्य बिमल पौडेल शिक्षिका गंगा तिम्सिना शिक्षक थिर कुमार अधिकारीले संचालन गर्नुभएको थियो । आगमी बर्षको माईजोगमाई गाउँपालिका स्तरिय राष्ट्रपति रनिङशिल्डको जिम्मा ज्ञानोदय माबि जोगमाईले लिएको छ ।