आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सुरुंगा जेसीजका वर्ष २०२४ का अध्यक्ष दुर्गाप्रसाद पाठकले प्रतियोगिताबारे जानकारी दिएका हुन्। उनका अनुसार यस प्रतियोगितामा विभिन्न २८ वडाका टिमले आवेदन दिएका थिए, तर आयोजकले १४ टिमलाई सहभागी गराएको छ।
प्रतियोगिताको विशेषताः
प्रतियोगिता जेसीजका सञ्चार संयोजक जेनिस चौलागाईंको संयोजकत्वमा हुनेछ। भलिबल खेलमा सर्वसाधारणको रुचि अत्यधिक भएकाले खेल प्रवद्र्धन गर्दै युवालाई खेलसँग जोड्ने उद्देश्यले हरेक वर्ष यस्तो प्रतियोगिता आयोजना गरिँदै आएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक पशुपति मावि, सह–प्रायोजक कनकाई नगर खेलकुद विकास समिति रहनेछन्।
पहिलो स्थान प्राप्त गर्ने टिमलाई नगद १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरिनेछ।
दोस्रो स्थान प्राप्त गर्ने टिमलाई नगद ६१ हजार १११ रुपैयाँ प्रदान गरिनेछ।
विधागत ५ उत्कृष्ट खेलाडीलाई जनही ५ हजार १०० रुपैयाँ प्रदान गरिनेछ।
प्रथम पुरस्कार झापा गाउँपालिका निवासी हाल इजराईल बस्तै आएका प्रेम उप्रेती र दोस्रो पुरस्कार कनकाई इन्टरनेशनल विल्डर्सका सञ्चालक राम मैनालीले प्रयोजन गर्ने जनाइएको छ ।
विधागत उत्कृष्टताः
स्पाइकर
ब्लकर
सेटर
लिबेरो
सर्वर
प्रतियोगितामा सिक्किम (भारत) र कोशी प्रदेशका विभिन्न पालिकाका टिमहरू सहभागी हुनेछन्।
झापामा खेलकुद प्रवद्र्धनमा सुरुंगा जेसीजको योगदानः
पत्रकार भेटघाट कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार कुमारमणि पोखरेलले सुरुंगा जेसीजले राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजनामा पु¥याएको योगदानबारे चर्चा गरे। उनले भने, “पहिलोपटक सुरुंगा जेसीजले आयोजना गरेको फुटबल प्रतियोगिता हाल झापा गोल्डकपको नाममा परिचित छ। अब भलिबल खेललाई पनि राष्ट्रियस्तरमा पुर्याउन सुरुंगा जेसीज निरन्तर लागिरहेको छ।“
पूर्व अध्यक्षहरू शिवकुमार कडेल, एलपी उप्रेती, र कमल कट्टेलले पनि भलिबल खेलमार्फत सुरुंगा जेसीज र झापालाई नयाँ उचाइमा पुर्याउन सकिने धारणा व्यक्त गरे।
कार्यक्रममा जेसीजका महासचिव रिसवसिंह चहारले सञ्चालन गरेका थिए भने वर्ष २०२५ का अध्यक्ष दीपेन्द्र प्रधानले स्वागत गरेका थिए।
प्रतियोगिताले खेलकुदको माध्यमबाट कनकाई क्षेत्रलाई थप पहिचान दिलाउने अपेक्षा गरिएको छ।
नेपालको राष्ट्रिय खेल भलिबल हो।
नेपाल सरकारले २०७४ साल मंसिर २३ गते भलिबललाई आधिकारिक रूपमा राष्ट्रिय खेलको रूपमा घोषणा गरेको थियो।
यो घोषणा नेपालका गाउँ(गाउँमा लोकप्रिय रहेको र सहज रूपमा खेल्न मिल्ने खेल भएकाले गरिएको हो। साथै, भलिबल खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
हो, भलिबल नेपालको राष्ट्रिय खेल भए पनि यसको प्रवद्र्धनमा देशभर पर्याप्त ध्यान दिन सकेको देखिँदैन। धेरैजसो स्थानमा खेलकुद विकासका संरचना, बजेट, र व्यवस्थापनको अभावका कारण भलिबलजस्ता खेलहरू सीमित क्षेत्र र अवसरमा मात्र खेलिने अवस्था छ। तर कनकाई नगरपालिका यस क्षेत्रमा सकारात्मक उदाहरण प्रस्तुत गर्दै आएको छ। कनकाई नगरपालिकाले स्थानीयस्तरमा भलिबलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
कनकाई भलिबल कपजस्ता प्रतियोगिता आयोजना गरी स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्न सफल भएको छ। नगरपालिका अन्तर्गत खेलकुद विकास समिति को सक्रियता र सहकार्यले पनि भलिबल खेललाई थप जीवन्त बनाउन मद्दत गरेको छ।
यस्ता पहलहरूले स्थानीय तहमा भलिबलको महत्त्वलाई स्थापित गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। देशका अन्य पालिकाहरूले पनि यस किसिमका योजनाबाट प्रेरणा लिन आवश्यक छ।