लक्ष्मीपुर । अर्जुनधारा र कनकाई नगरपालिकालाई सेवा दिँदै आएको लक्ष्मीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा संयुक्त समावेशी समूहले बहुमत प्राप्त गरेको छ।

बैशाख १८ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि संयुक्त समावेशी समूहका नेत्रबहादुर नेपालले (६२६) मतसहित विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी मोहन लुइटेलले २८३ मत प्राप्त गरे।

संयुक्त समावेशी समूहका तर्फका उपाध्यक्ष पदका उम्मेदवार छविलाल खतिवडाले (६२२) मत ल्याएर जित्दा प्रतिस्पर्धी सुरज शर्मा भण्डारीले २५४ मत पाए ।
सचिव पदमा समावेशी समूहका बुद्धिसागर कट्टेल (५१२) मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी नारायण काफ्लेले ३६५ मत प्राप्त गरे।

कोषाध्यक्षमा भने संयुक्त लोकतान्त्रिक समावेशी समूहका टेकबहादुर बस्नते (४१४) मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी विमला कटुवालले (३६२) र स्वतन्त्र उम्मेदवार सूर्यप्रसाद रिमालले ७५ मत प्राप्त गरे ।
महिला सदस्य पदमा संयुक्त समावेशी समूहकै गीता कार्की डाँगी (४८१) तारादेवी धमला (४४३) रत्ना खड्का (३९८) मत प्राप्त गरेर निर्वाचित भए । अन्य तीन प्रतिस्पर्धीमा तारादेवी थपलिया (३४१), देवी विश्वकर्मा (३४२) र हेमकुमारी कार्कीे (३३२) मत प्राप्त गर्न सफल भए ।
खुला सदस्य तर्फ चितबहादुर बस्नेतले (४६७) र गञ्जबहादुर बुढाथोकी ३८६ मत प्राप्त गरेर विजयी भएका छन भने । प्रतिष्पर्दीहरु भोलानाथ मिश्रले (३७९) देवराज दाहालले (३३१) मत प्रप्त गरे ।
१ हजार १७८ मतदाता मध्ये निर्वाचनमा कुल ९४१ मत खसेको थियो भने जसमा ११ मत बदर भएको निर्वाचन अधिकृत रुपक दाहालले जानकारी दिएका छन्।



