Aamsanchar

पर्यटकीय सिजनमा मन्थली विमानस्थल असन्तुलित : पर्यटकको यात्रा प्रभावित

Author Image
आइतवार, असार १, २०८२

रामेछाप । पर्यटकीय सिजन सुरु हुनासाथै मन्थली विमानस्थल असन्तुलित सेवा कारण असन्तुष्टि फैलिन थालेको छ । मुख्य रूपमै लुक्ला र फाप्लु उडानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन अस्थाई रूपमै मन्थलीको उपयोग गरिंदै आइएको अबस्थामा यो असन्तुलन अधिक चुलिन थालेको हो ।

पर्यटकको सुविधाका लागि सुरु गरिएको मन्थली विमानस्थलमा निजी वायुसेवा कम्पनीको एकतर्फी निर्णयको कारण यात्रु असन्तुष्ट हुनुपर्ने स्थितिप्रति सर्वत्र असन्तुष्टि फैलिएको छ । सामान्य असन्तुलनमा पनि “खराब मौसमको बहाना” देखाई दुईतर्फको यात्रु अभावमा उडान स्थगित गरिने गरिएकाले पर्यटक दुई–तिन दिनसम्म अलपत्र पर्नुपर्ने उदाहरण थपिंदै गएको छ ।

हतारमा रहेका पर्यटकलाई एकतर्फी ४५० देखि ५५० अमेरिकी डलरसम्म असुल्दै हेलिकप्टर चार्टर गर्न लगाइएको आरोपसमेत लगाइएको छ । बिहानको समयमा लुक्लाबाट भरिएका विमान फर्कने बित्तिकै “खराब मौसम”को नाममा उडान स्थगित गरिने परिपाटी असन्तुलित बन्दै गएको पर्यटकको गुनासो छ ।

चासोको कुरा, मन्थलीमा खराब मौसमको जानकारी गरिंदै उडान रोक्दा त्यही समयमा काठमाडौंको जहाज लुक्लामा सजिलै अवतरण गरिरहेका हुन्छन् । यो असन्तुलनको शिकार मुख्य गरि पर्यटक बन्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।

“पर्यटकको असन्तुष्टि फैलिनु भनेको हाम्रो पर्यटनको भविष्य असन्तुलित हुन सक्छ । वायुसेवा कम्पनी, नागरिक उड्डयन प्राधिकरण, पर्यटन बोर्ड सहित सम्बन्धित निकायको असन्तुलन सुधार्नुपर्ने आवश्यकता टड्कारो छ,” एक विज्ञको प्रतिक्रिया थियो ।

पर्यटकको सुविधामा सुधार हुनुपर्नेमा असन्तुलनको शिकार गराउनुलाई सरोकारवालाहरूको असंवेदनशीलता मान्न सकिन्छ । सुधार नभए सरकारले तय गरेको पर्यटकीय लक्ष्य असफल हुन सक्ने विज्ञको आकलन छ ।

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर