बिर्तामोड । झापाको कनकाई माई खोलाको पूर्वी तटमा रहेको कनकाई घाटमा विद्युतीय शवदाह गृह पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ ।

२०८२ बैशाख २८ गते योजना सम्झौता भएर सुरु भएको निमार्ण कार्य २०८२ जेठ ३२ गते समापन हुनुपर्नेमा असार ६ गते सम्म आइपुग्दा लगभग आधा काम मात्र भएको छ ।
कुल १६ लाख ८० हजार ७०९ रुपैयाँ लागतमा निर्माण थालिएको योजनाको लागि कनकाई नगरपालिकाबाट १५ लाख र उपभोक्ता समूहको तर्फबाट १ लाख ८० हजार ७०९ रुपैयाँ लगानी हुने उपभोक्ता समितिका संयोजक गोपाल खरेलले बताए ।

उपभोक्ता समितिको सचिव नरेन्द्र प्रसाद फुयाल, कोषाध्यक्ष अम्बिका देवी खरेल, सदस्यहरू चन्द्र मैनाली ९भतिज०, हिरण्यकुमार राई, निर्मला राई र गीता पाठक रहेका छन् ।
त्यसैगरी अनुगमन समितिमा संयोजक श्यामनाथ मिश्र, सदस्यहरू डिल्लीराम मैनाली, ख्यामराज कार्की, नारायण प्रसाद ओली, डम्बरप्रसाद फुयाल, दयानन्द वंशल र भरतकुमार ढकाल रहेका छन् ।



दाउराको अभाव टार्न, वातावरण संरक्षणको लागि विद्युतीय शवदाह गृह आजको आवश्यकता बनेको छ ।

