Aamsanchar

“द ब्युटि वल्र्ड”का विद्यार्थी तथा कर्मचारीका लागि आँखा परीक्षण तथा चेतनामूलक तालिम सम्पन्न

Author Image
शुक्रवार, असार १३, २०८२

बिर्तामोड । देशमै विशिष्ट पहिचान बनाउन सफल बिर्तामोडस्थित “द ब्युटि वल्र्ड”ले स्वास्थ्य शिविर तथा चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

अहिलेकोे व्यस्त जीवनशैली र बढ्दो डिजिटल प्रयोगसँगै आँखाका समस्या आम मानिसमा बढ्दै गएका छन्। विशेषगरी ब्युटि क्षेत्रमा कार्यरत व्यक्तिहरूले सौन्दर्य सामग्री, प्रकाश र लामो समय काम गर्दा आँखामा असर पर्ने सम्भावना बढी हुन्छ। यस्तै अवस्थालाई मध्यनजर गर्दै बिर्तामोडको भद्रपुर रोडस्थित “द ब्युटि वल्र्ड”ले आफ्ना विद्यार्थी तथा कर्मचारीहरूको आँखा स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले एकदिने आँखा परीक्षण तथा चेतनामूलक तालिम आयोजना गरेको हो।

उक्त कार्यक्रम मेची आँखा अस्पताल, बिर्तामोडको प्राविधिक सहकार्यमा सम्पन्न भएको छ। कार्यक्रममार्फत करिब ३०० जना विद्यार्थी तथा कर्मचारीले आँखा परीक्षण सेवा लिएका छन्, संचालक वत्सल भट्टराईले जानकारी दिएका छन्।

कार्यक्रममा आँखा विशेषज्ञहरूको टोलीले आँखाको विस्तृत परीक्षण गरेका थिए। साथै सहभागीहरूलाई आँखाका सामान्य रोग, सुरक्षाका उपायहरू, समयमै जाँच गराउनुको महत्त्व लगायत विषयमा जानकारी प्रदान गरिएको थियो। आँखा रोगको पहिचानसँगै कतिपयलाई थप उपचारका लागि सुझावसमेत दिइएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै “द ब्युटि वल्र्ड”का सञ्चालक वत्सल भट्टराईले भने, “हामीले केवल व्यवसायिक तालिम मात्र होइन, विद्यार्थी तथा कर्मचारीहरूको समग्र स्वास्थ्यप्रति पनि जिम्मेवारी लिने प्रयास गरिरहेका छौं। आँखा स्वास्थ्यको महत्त्व बुझाउँदै यस्तो कार्यक्रम गर्न पाउँदा हामी खुशी छौं।”

सहभागीहरूले यस कार्यक्रमबाट आफूहरू थप सचेत बनेको र यस्ता कार्यक्रमले दीर्घकालीन फाइदा पु¥याउने प्रतिक्रिया दिएका छन्।

“द ब्युटि वल्र्ड”ले आगामी दिनमा अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

Views: 230

प्रतिक्रिया (०)