सुन्दै छु तिमीले आफ्नो पद जोगायौं रे

गर्न सम्म भ्रष्टाचार गरेर आफूलाई निर्दोष देखायौ रे

आफ्नो पदको दुरुपयोग गरेर रमाएर बस्यौ रे

तिम्रो त्यो चालाले नेपाल आमालाई रुवायौ रे


के भनौँ मैले आफन्तलाई बचाउन सकिन
शान्त सँग सास फेर्न अक्सिजन पाइन
तिमी जादा चिल्लो गाडीको लस्कर छ
मैले मलामी जाने मान्छे खोज्नु छ
आफ्नो सानको लागि गरिबलाई मारेका छौ
सोच तिमी आफै कति भ्रष्ट छौ
चिल्लो गाडीमा हिडयौ तिमी
मैले खोज्दा एम्बुलेन्स पाइन कतै पनि
दिनको दिन भोज भतेरमा रमाउँछौ तिमी
मैले बिरामी भएर भोको बसेको धेरै दिन भयो नि
चिसोमा हिटर र गर्मीमा एसिमा बसेका छौ
अरुको समस्या तिमी कहिले बुझ्न सक्छौ
नयाँ नयाँ फेसनमा रमाएका छौ
तिमी त घुम्ने कुर्सीमा बसेका छौ
मैले अस्पतालमा शैया पाइन
आफू भित्र भित्रै मर्दा पनि श्रद्धाको आँसु पाइन
लेखक : गोविन्द राज ओझा (राजन )
Views: 135

