

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार अबको केहीबेरमा बोर्ड बैठक बस्दै छ।

‘एसइई नतिजाको अन्तिम तयारी पूरा भएको छ,’उनले भने,‘अबको केही बेरमा बोर्ड बैठक बस्दैछ,एसइईको नतिजाबारे बैठकले निर्णय गरेपछि मात्रै थाहा हुन्छ।’
आजै एसइई परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डको छ।

यस वर्षको एसइई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।


Views: 132

