Aamsanchar

एसईई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

Author Image
शुक्रवार, असार १३, २०८२

काठमाडौँ ।   माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ पत्रकार सम्मेलनमार्फत परीक्षा नतिजा सार्वजनिक गरिएको जानकारी दिएका हुन्।

बोर्डका अनुसार यस वर्ष एसईईमा सहभागी भएका कुल ४ लाख ९९ हजार १८३ विद्यार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षा गत चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको थियो। नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि परीक्षा तर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए।

विद्यार्थीहरूले आफ्नो नतिजा एसएमएस, आईभीआर तथा बोर्डका आधिकारिक वेबसाइटमार्फत हेर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

Views: 214

प्रतिक्रिया (०)