

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा पनि अवरोध जारी राख्ने भएको छ। शनिबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन्।

आज बसेको रास्वपा संसदीय दलको बैठकले सदनमा अवरोध जारी राख्ने निर्णय गरेको हो। प्रधानमन्त्री ओलीले सम्बोधन गरेपनि विरोध निरन्तर चल्ने सांसद हरि ढकालले बताए। उनले भने, ‘प्रधानमन्त्री बोल्नुहुन्छ हाम्रो आन्दोलन पनि सुन्नु हुन्छ।’

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको आएको छ। सरकारले बनाएको छानबिन समिति पनि अस्वीकार गरेर रास्वपाले अवरोध कायमै राखेको हो।


रास्वपालाई सदनमा अर्को विपक्षी दल राप्रपाले साथ दिँदै आएको छ।
Views: 48

