Aamsanchar

 आजको राशिफल : ✍️ दैनिक भाग्यफल, शुभ अङ्क–रङ–दिशा र मन्त्रसहित

Author Image
शनिवार, असार १४, २०८२

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दार्शनिक सोच र गम्भीर स्वभावले नयाँ विषयमा रुचि बढ्नेछ। रहस्य र गूढ ज्ञानप्रतिको आकर्षणले जीवनको दृष्टिकोण फराकिलो बनाउनेछ। टाढाबाट आउने सन्तानसम्बन्धी सुखद खबरले उत्साह थप्नेछ।
🔸 भाग्यबलः ९०%
🔸 शुभ अङ्कः ५
🔸 शुभ रङः कलेजी÷गाढा रातो
🔸 शुभ दिशाः पूर्व
🔸 मन्त्रः ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः (७ पटक)

♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अभिभावक वा साथीसँग कुरा साट्दा समस्या हल हुन सक्छ। गोप्य कुरा चुहिन सक्ने सम्भावना भएकाले सचेत रहनु होला। दिनभर व्यस्त भए पनि पारिवारिक समय छुट्याउनु उपयुक्त हुनेछ।
🔸 भाग्यबलः ५५%
🔸 शुभ अङ्कः ४
🔸 शुभ रङः सिम्रिक रातो
🔸 शुभ दिशाः उत्तर
🔸 मन्त्रः ॐ नमश्चण्डिकायै (९ पटक)

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
इष्टमित्रसँगको भेटघाट र कुराकानीले मन हलुका बनाउनेछ। सञ्चार, ढुवानी, वित्तीय कारोबार आदिमा लाभ देखिन्छ। खर्च बढे पनि भाइबहिनी वा साथीहरूका लागि उपयोगी समय हो।
🔸 भाग्यबलः १००%
🔸 शुभ अङ्कः ३
🔸 शुभ रङः गुलाबी वा सिन्दुरे
🔸 शुभ दिशाः पश्चिम
🔸 मन्त्रः ॐ विघ्नविनाशिने नमः (२१ पटक)

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रभाव जमाउने समय हो। गुरु वा अभिभावकको प्रशंसा पाउने सम्भावना छ। बुद्धि र मेहेनतको उपयोगले आर्थिक लाभ हुनेछ। परिवारमा सुखद वातावरण देखिन्छ।
🔸 भाग्यबलः १००%
🔸 शुभ अङ्कः २
🔸 शुभ रङः सेतो ÷ उज्यालो
🔸 शुभ दिशाः दक्षिण
🔸 मन्त्रः ॐ महालक्ष्म्यै नमः (११ पटक)

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रगति गर्ने राम्रो अवसर छ तर अहंकारले बाधा पु¥याउन सक्छ। सम्बन्ध सुधार गर्न अनुकूल समय छ। कूटनीतिक कौशल प्रयोग गर्नाले लाभ हुनेछ।
🔸 भाग्यबलः १००%
🔸 शुभ अङ्कः १
🔸 शुभ रङः कलेजी
🔸 शुभ दिशाः पूर्व
🔸 मन्त्रः ॐ घृणि सूर्याय नमः (७ पटक)

♍ कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज जोखिम नलिएको बेस हुन्छ। गलत साथीको संगत वा गोप्यता चुहिएर समस्या बढ्न सक्छ। आर्थिक उतारचढावको सम्भावना देखिन्छ।
🔸 भाग्यबलः ४०%
🔸 शुभ अङ्कः ३
🔸 शुभ रङः सेतो
🔸 शुभ दिशाः उत्तर
🔸 मन्त्रः ॐ महाकालाय नमः (२१ पटक)

♎ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धामा बलिया प्रतिस्पर्धी देखिए पनि आफ्नो प्रयासले पहिचान बनाउन सकिनेछ। केही जिम्मेबारी बढी लागे पनि कार्य सिद्धि सम्भव छ।
🔸 भाग्यबलः ८०%
🔸 शुभ अङ्कः २
🔸 शुभ रङः कलेजी
🔸 शुभ दिशाः पश्चिम
🔸 मन्त्रः ॐ हिरण्यगर्भाय नमः (७ पटक)

♏ बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला, बोली र रणनीतिक क्षमताको सदुपयोग गर्नाले प्रशंसा र धन लाभ दुबै सम्भव छ। प्रशासनिक वा सामाजिक काममा सफलता मिल्नेछ।
🔸 भाग्यबलः १००%
🔸 शुभ अङ्कः १
🔸 शुभ रङः कलेजी ÷ गाढा रातो
🔸 शुभ दिशाः दक्षिण
🔸 मन्त्रः ॐ भास्कराय नमः (७ पटक)

♐ धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिष्ठाका लागि खतरामा नजानु होला। धर्मकर्म, सेवा र परोपकारमा लागे सफलता पाइनेछ। सृजनात्मक प्रयासले मान्यता र सम्मान मिल्नेछ।
🔸 भाग्यबलः ८५%
🔸 शुभ अङ्कः ९
🔸 शुभ रङः कलेजी
🔸 शुभ दिशाः पूर्व
🔸 मन्त्रः ॐ दिवाकराय नमः (७ पटक)

♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शारीरिक कमजोरीले दिन भर खिनोसो लाग्न सक्छ, तर आफन्तको सहयोगमा मनोबल उच्च राख्नुपर्नेछ। झिनो गल्तीले ठूलो असर पार्न सक्छ।
🔸 भाग्यबलः ३०%
🔸 शुभ अङ्कः ८
🔸 शुभ रङः गुलाबी वा सिन्दुरे
🔸 शुभ दिशाः उत्तर
🔸 मन्त्रः ॐ हं हनुमते नमः (२१ पटक)

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ निर्णय लिन सकारात्मक समय हो। मित्रसँग छलफल गर्दा मनको बोझ हलुका हुनेछ। व्यक्तिगत स्वतन्त्रता र प्रोत्साहन पाउने दिन हो।
🔸 भाग्यबलः ८५%
🔸 शुभ अङ्कः ७
🔸 शुभ रङः रातो
🔸 शुभ दिशाः पश्चिम
🔸 मन्त्रः ॐ लक्ष्मीनारायणाभ्यां नमः (११ पटक)

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कानुनी वा लगानीसम्बन्धी कार्यमा चुनौती देखिन्छ। भावनात्मक कमजोरी र जिद्दीपनले असर पार्न सक्छ। समय व्यवस्थापनमा ध्यान दिनु उपयुक्त हुन्छ।
🔸 भाग्यबलः ९०%
🔸 शुभ अङ्कः ६
🔸 शुभ रङः पहेंलो
🔸 शुभ दिशाः दक्षिण
🔸 मन्त्रः ॐ धन्वन्तरीदेवाय नमः (११ पटक)

 

Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर