Aamsanchar

इलाम सुन्तले देखि बिर्तामोड आएका अभिजित राष्ट्रिय मञ्चको यात्रामा

Author Image
आइतवार, असार १५, २०८२

बिर्तामोड । इलामको सुर्योदय नगरपालिकास्थित सुन्तले भन्ने सानो गाउँमा जन्मिएका अभिजित अधिकारी हाल झापाको बिर्तामोडमा बसोबास गर्दै आएका छन्। हालै नेपालको इतिहासमै सर्वाधिक पुरस्कार राशी भएको लोकप्रिय गायन रियालिटी शो MERO VOICE UNIVERSE SEASON 2 मा आफ्नो उत्कृष्ट प्रस्तुतिबाट सबै नेपालीको मन जितिरहेका छन्।

लोकगीत विशेष राउण्डमा दमदार प्रस्तुति दिएका अभिजित टप १६ बाट टप १४ मा पर्न सफल भएका छन्। भीडभाडयुक्त प्रतिस्पर्धामाझ आफूलाई उभ्याउन सफल भएका उनले पूर्वी नेपालको समृद्ध सांस्कृतिक विविधता गीतमार्फत उजागर गर्ने प्रयास गरेको बताउँछन्।

लोक विशेष भाग ‘पूर्वै रमाइलो सँग अझ विशेष बन्यो। दमक, बिर्तामोड, इटहरी, विराटनगरदेखि इलामसम्मको हरियाली, विविधता र रौनक गीतमा समेट्ने प्रयास गरेँ,” उनले भने, “शब्दमा ‘सुन्तले’ उच्चारण नगरे पनि ‘इलाम’ नाम समावेश गरेर, मनभरि गाउँ बोकेर गाएको थिएँ।”

गीतका सर्जक गौरव दर्पणप्रति उनले विशेष सम्मान प्रकट गरेका छन्। पूर्वी नेपालको माटो र सांस्कृतिक आत्मालाई स्वरमा मिसाएर गाउने अभिजितको यो यात्रा गाउँको धरातलदेखि राष्ट्रिय पहिचानतर्फको यात्रा बनेको छ। अभिजित हाल बिर्तामोडमा बसोबास गर्दै आएका छन् ।

Views: 353

प्रतिक्रिया (०)

सम्बन्धित खबर