

झापा – ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मुढा बुन्ने तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले १५ दिने तालिम सञ्चालन गरेको हो ।

स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्वरोजगार बन्नका लागि गाउँपालिका उद्यम विकास शाखाद्वारा तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो ।



तालिममा प्रत्येक वडाबाट दुई दुई जना गरी जम्मा १२ जनाको सहभागिता रहेको छ । मैवाखोला गाउँपालिकामा छ वटा वडाहरु रहेको छन् । गाउँपालिकाले यसअघि अल्लो कपडासम्बन्धी सिलाइ–बुनाई तालिम सञ्चालन गरिसकेको छ ।
Views: 111

