Aamsanchar

ग्लोबल एडुकेयरकी छात्रा निस्मा पाठक एसईईमा कनकाई नगर तहमा दोस्रो स्थानमा 

Author Image
आइतवार, असार १५, २०८२

कनकाई | ग्लोबल एडुकेयर एकेडेमी, सुरुंगा, झापाका सम्पूर्ण विद्यार्थीहरू यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत उर्तीर्ण भएका छन्। विद्यालयबाट एसईईमा सहभागी भएका १६ जना सबै विद्यार्थी सफल भएका हुन्।

कनकाई नगर क्षेत्रका विद्यालयहरूमा उत्कृष्ट प्रदर्शन गर्ने संस्थाहरूमा गनिने ग्लोबल एडुकेयरकी छात्रा निश्मा पाठक नगर तहमा दोस्रो स्थानमा पर्न सफल भएकी छन्।

विद्यालयले उपलब्ध गराएको नतिजा अनुसार २ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन् भने ११ जनाको जीपीए ३.२ देखि ३.६ बीचमा रहेको छ। बाँकी ३ जना विद्यार्थीले २.८ देखि ३.२ जीपीए ल्याएका छन्।

वि.सं. २०५८ मा स्थापना भएको ग्लोबल एडुकेयरले विगत सात वर्षदेखि एसईईमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। विद्यालयका संस्थापक प्रिन्सिपल विमान तामाङका अनुसार, “दशैंपछि नै एसईई तयारी गरिरहेका विद्यार्थीलाई नियमित पठनपाठनसंगै अतिरिक्त कक्षाहरू सञ्चालन गरिएको थियो। यो शिक्षक र विद्यार्थीहरूको निरन्तर मेहनतको परिणाम हो।”

उनका अनुसार विद्यालयले व्यवहारिक शिक्षामा आधारित आधुनिक पठनपाठन प्रणालीमा जोड दिँदै आएको छ। “हाम्रो शिक्षण पद्धतिप्रति विद्यार्थी र अभिभावकहरू सन्तुष्ट हुनु नै हाम्रो मुख्य उद्देश्य र सफलताको आधार हो,” तामाङले भने।

Views: 669

प्रतिक्रिया (०)